काठमाडौं – बाढीपछि अवरुद्ध बनेको बीपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा आएको छ । सोमबार राती आएको बाढीका कारण अवरुद्ध भएको राजमार्ग आज दिउँसोदेखि सञ्चालनमा आएको हो । वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो।
बाढीले रोशी गाउँपालिका–१२, स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि सडक सञ्चालनमा ल्याउँन थप ढिलाई भएको थियो । गत वर्ष असोज १२ गतेको बाढीले राजमार्ग बगाउँदा सो स्थानमा अस्थायीरूपमा डाइभर्सन निर्माण गरिएको थियो ।
प्रतिक्रिया