काठमाडौं – प्रिन्टिङ मेसिन बिग्रिएपछि यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ बन्द भएको छ । २५ वैशाखदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि सेवा बन्द भएको विभागले जनाएकाे छ ।
विभागकाअनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ हुँदै आएको थियो ।
विभागले आइतबार सूचना जारी गर्दै यो काम अब अर्को सूचना प्रकाशन नभएसम्म बन्द भएको जानकारी दिएकाे हाे ।
प्रतिक्रिया