डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै २० लाख ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं – डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका– ३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका– ८ घर भएकी २७ वर्षीया सुजिता अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सुजिताले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई पीडितसँग २० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका- १२ टेकुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।