अर्थतन्त्रमा थपियो चुनौतिः राष्ट्रपति

अर्थतन्त्रमा थपियो चुनौतिः राष्ट्रपति


काठमाडौ राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रमा चुनौती थपिएको बताएकी छन् ।

आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)को तेस्रो साधारणसभालई सम्बोधन गर्दै राष्ट्रपछि भण्डारीले आन्तरिक उत्पादन वृद्धि गर्न नसक्नु तरलता संकुचनसहित बाह्य क्षेत्रमा देखिएको दबाब, उत्पदानमुकल क्षेत्रमा कमजोर लगानी विस्तार र उत्पादकत्व वृद्धिसहित उचित प्रतिफलको अभावले अर्थतन्त्रमा चुनौती थपिएको बताइन् ।

आत्मनिर्भर अर्थतन्त्रको निर्माण राष्ट्रिय पूँजी परिचालनमा बैंक तथा वित्तिय वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले परिचालनको उद्देश्य उपयुक्त भएपनि आर्थिक विकास र रोजगारी वृद्धिमा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको बताइन् ।

‘‘आन्तरिक उत्पादन बढाउन र उत्पादनशीलता बढाउन सके आयातमा आधारित उपभोग प्रणाली नियन्त्रण र यसैमा आधारित राजस्व प्रणालीमा सुधार ल्याउन सकिनेछ ।’’ उनले भनिन्, ‘‘त्यसमा बैंकहरूको महत्वपूर्ण भूमिका हुन्छ । आर्थिक विकासको लागि अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र पूँजी परिचालन आजको आवश्यकता हो ।’’