टुंगो लाग्यो भारतको नोटबन्दीको मुद्दा, अन्योल बन्यो राष्ट्र बैंकमा रहेको भारु ५ करोड

टुंगो लाग्यो भारतको नोटबन्दीको मुद्दा, अन्योल बन्यो राष्ट्र बैंकमा रहेको भारु ५ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृत पुडासैनी , काठमाडौं ।

आजै मात्र भारतीय सर्वाेच्च अदालतले भारतीय नोट प्रतिबन्ध सही भएको निकर्ष निकालेको छ । जसको कारणले नेपाल राष्ट्र बैंकमा रहेको भारतीय नोट अब के हुन्छ भन्ने अन्योल कायम नै रहेको छ । भारतीय नोट सटहीको काम प्रधानमन्त्री स्तरको साथै भारतीय केन्द्रिय बैंक( RBI ) का गभर्नर र नेपालका गभर्नर बिच यस बिषयमा कुरा भएपनि भारतले हाल सम्म यसको टुंगो नलागेको राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी नारायण पोखरेलले बैंकिङ्ग समाचार लाई जानकारी दिए उनी भन्छन्, ‘ नेपाली गभर्नर र भारतीय गभर्नर बिचको भेटमा पनि यो बिषय उठने गरेको भएपनि आज सम्म त्यो पैसाको छिनोफानो भने भएको छैन । तर पनि राष्ट बैंकले सो कामलाई निरन्तरता दिनेछ ।’ उनले भने

जसको कारणले राष्ट्र बैंकसँग रहेको भारतीय नोट के गर्ने भन्ने बिषयको टुुंगो नलागेको हो । 

भारतको सर्वोच्च अदालतको फैसाला आउँदा नेपालको बैंकिङ प्रणालीमा रहेको प्रतिबन्धित ५०० र एक हजार दरका ५ करोड ६ लाख भारतीय रुपैया के हुने भन्ने अनिश्चित बनेको छ । यो फैसलासँगै नेपालसँग रहेको उक्त भारतीय रुपैया कागज मात्र बन्ने अवस्थामा  पुगेको पोखरेल बताउछन् । ‘नेपाल राष्ट्र बैंकले आफूसँग रहेका भारतीय नोट साट्न भारतको केन्द्रीय बैंकलाई पटक पटक पत्राचार गरेका थियौं । तर, भारतले कुनै पनि सुनुवाइ गरेन ।’उनले बताए 

भारतको सर्वाेच्च अदालतले सन् २०१६ मा केन्द्र सरकारले गरेको नोटबन्दीको निर्णय सही भएको फैसला सुनाएको हो । सर्वाेच्चको फैसलासँगै भारतमा नोटबन्दीको मुद्दा टुंगिएको छ । जसले गर्दा नेपालमा रहेको उक्त भारु के गर्ने भन्ने अन्योल बनेको हो ।