एटीएम फोडेर पैसा चोर्न खोज्दा एकजना पक्राउ

एटीएम फोडेर पैसा चोर्न खोज्दा एकजना पक्राउ


बैंकिङ्ग समाचार, काठमाडौं ।

काठमाडौंको सतुंगलमा एटीएम फोडेर पैसा निकाल्न लागेका अवस्थामा एकजना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरीको टोलीले दाङको तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई पक्राउ गरेको हो । चन्द्रागिरी ११ स्थित एनआईसी एसिया बैंकको एटीएम फोडिरहेको अवस्थामा मगरलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।