राष्ट्र बैंकद्धारा चालू आर्थिक बर्षको समष्टिगत आर्थिक तथा वित्तिय अवस्था सार्वजनिक, यस्तो छ बर्षभरीको आयात निर्यातको अवस्था 

राष्ट्र बैंकद्धारा चालू आर्थिक बर्षको समष्टिगत आर्थिक तथा वित्तिय अवस्था सार्वजनिक, यस्तो छ बर्षभरीको आयात निर्यातको अवस्था 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक समष्टिगत आर्थिक तथा वित्तिय अवस्था सार्वजनिक गरेको छ । 
केन्द्रिय बैंकले सार्वजनिक गरेको उक्त वित्तिय अवस्थमा वैदेशिक व्यापारमा चालु आर्थिक वर्ष २०७८÷७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई २ खर्र्व ३ करोड पुगेको  छ । अघिल्लो वर्ष यस्तो निर्यात ४४.४ प्रतिशतले बढेको थियो । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु निर्यातको अनुपात अघिल्लो वर्ष ३.३ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ४.१ प्रतिशत रहेको छ ।  

कुल वस्तु निर्यातमध्ये भारत तर्पmको निर्यात अघिल्लो वर्ष ५१.७ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०७८÷७९ मा ४५.९ प्रतिशतले वृद्धि भई .१ खर्र्व ५५ अर्ब २२ करोड पुगेको छ । वस्तुगत आधारमा समीक्षा वर्षमा भारततर्फ मुख्यतयाः पाम तेल, जिंक शिट, जुस, पोलिष्टर धागो, पिना लगायतका वस्तुहरूको निर्यात बढेको  छ ।  भने चीनतर्फको निर्यात अघिल्लो वर्ष १४.७ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०७८÷७९ मा २०.४ प्रतिशतले घटेर .८१ करोड कायम भएको छ । 

समीक्षा वर्षमा चीनतर्फ मुख्यतयाः तयारी पोशाक, ऊनी गलंैचा, चाउचाउ, पश्मिना, प्रशोधित छाला लगायतका वस्तुहरूको निर्यात बढेको छ । अन्य मुलुकतर्पmको निर्यात अघिल्लो वर्ष २७.७ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०७८÷७९ मा ३०.४ प्रतिशतले वृद्धि भई ४४ अर्ब पुगेको छ । समीक्षा वर्षमा अन्य मुलुकतर्पm मुख्यतयाः ऊनी गलैंचा, तयारी पोशाक, सुन चाँदीका सामान तथा गरगहना, पश्मिना, जडीबुटी लगायतका वस्तुहरूको निर्यात बढेको छ । आर्थिक वर्ष २०७८÷७९ मा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई .१९ खर्र्व २० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । कुल गार्हस्थ्य उत्पादनमा कुल वस्तु आयातको अनुपात अघिल्लो वर्ष ३६.० प्रतिशत रहेकोमा समीक्षा वर्षमा ३९.६ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०७८÷७९ मा भारतबाट भएको वस्तु आयात २३.५ प्रतिशतले वृद्धि भई .१२ खर्र्व १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात ३२.१ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा भारतबाट पेट्रोलियम पदार्थ, स्पंज आइरन, हट रोल्ड शिट इन क्वाइल, कोइला, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । चीनबाट भएको वस्तु आयात अघिल्लो वर्ष २८.६ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०७८÷७९ मा १३.२ प्रतिशतले वृद्धि भई .२ खर्र्व ६४ अर्ब ७८ करोड पुगेको छ । समीक्षा वर्षमा चीनबाट अन्य मेशिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्टस्, कम्प्युटर तथा पार्टपुर्जा, औषधी, लत्ताकपडा लगायतका वस्तुहरूको आयात बढेको छ ।  अन्य मुलुकबाट भएको वस्तु आयात अघिल्लो वर्ष १९.६ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०७८÷७९ मा ३६.३ प्रतिशतले वृद्धि भई .४ खर्र्व ५५ अर्ब ५१ करोड पुगेको छ । समीक्षा वर्षमा अन्य मुलुकबाट कच्चा पाम तेल, औषधी, सुन, चाँदी, यातायात उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुहरूकोे आयात बढेको छ । 

आर्थिक वर्ष २०७८÷७९ मा कुल वस्तु व्यापार घाटा २३.० प्रतिशतले वृद्धि भई १७ खर्र्व २० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा २७.३ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादन र कुल व्यापार घाटाको अनुपात ३२.७ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ३५.५ प्रतिशत रहेको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटामध्ये भारतसँगको व्यापार घाटा २०.८ प्रतिशतले वृद्धि भई १० खर्र्व ४४ अर्ब ९३ करोड, चीनसँगको व्यापार घाटा १३.३ प्रतिशतले वृद्धि भई २ खर्र्व ६३ अर्ब ९८ करोड र अन्य मुलुकसँगको व्यापार घाटा ३६.९ प्रतिशतले वृद्धि भई ४ खर्र्व ११ अर्ब ५१ करोड पुगेको छ ।  
कुल वस्तु व्यापार अघिल्लो वर्ष २९.९ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०७८÷७९ मा २६.१ प्रतिशतले वृद्धि भई २१ खर्र्व २० अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादनमा कुल व्यापारको अनुपात ३९.३ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ४३.७ प्रतिशत रहेको छ । कुल व्यापारमा भारतसँगको व्यापार अघिल्लो वर्ष ३३.८ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०७८÷७९ मा २५.७ प्रतिशले वृद्धि भई  १३ खर्र्व ५५ अर्ब ३८ करोड पुगेको छ । चीनसँगको कुल व्यापार अघिल्लो वर्ष २८.३ प्रतिशतले बढेकोमा समीक्षा वर्षमा १३.० प्रतिशतले वृद्धि भई २ खर्र्व ६५ अर्ब ५९ करोड पुगेको छ । त्यसैगरी, अन्य मुलुकसँगको कुल व्यापार अघिल्लो वर्ष २०.३ प्रतिशतले बढेकोमा समीक्षा वर्षमा ३५.७ प्रतिशतले वृद्धि भई ४ खर्व ९९ अर्ब ५१ करोड पुगेको छ । आर्थिक वर्ष २०७८÷७९ मा निर्यात–आयात अनुपात १०.४ प्रतिशतमा रहेको छ । 

अघिल्लो वर्ष यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा कुल निर्यात, कुल आयात, कुल वस्तु व्यापार घाटा र कुल व्यापारमा भारतसँगको अंश क्रमशः ७७.६ प्रतिशत, ६२.५ प्रतिशत, ६०.७ प्रतिशत र ६३.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष भारतसँगको यी अंशहरू क्रमशः ७५.४ प्रतिशत, ६३.१ प्रतिशत, ६१.९ प्रतिशत र ६४.१ प्रतिशत रहेका थिए ।  सेवा खाता  
आर्थिक वर्ष २०७८÷७९ मा सेवा खाता १ खर्व ८ अर्ब १२ करोडले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यस्तो खाता ७२ अर्ब ८५ करोड ऋणात्मक रहेको थियो । 
आर्थिक वर्ष २०७८÷७९ मा सेवा क्षेत्रतर्फको आय ५४.४ प्रतिशतले वृद्धि भई १ खर्व २२ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्ष सेवा आय ४९.४ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण आय ३४६.५ प्रतिशतले वृद्धि भई ३२ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८८.१ प्रतिशतले घटेको थियो । 

आर्थिक वर्ष २०७८÷७९ मा कुल सेवा भुक्तानी ५१.५ प्रतिशतले वृद्धि भई २ खर्व ३० अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ३.४ प्रतिशतले घटेको थियो । सेवा भुक्तानीतर्फ भ्रमण खर्च १९६.७ प्रतिशतले वृद्धि भई ९७ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो खर्च ३८.३ प्रतिशतले घटेको थियोे ।  

ट्रान्सफर  
आर्थिक वर्ष २०७८÷७९ मा खुद ट्रान्सफर आय ४.३ प्रतिशतले वृद्धि भई ११ खर्व १७ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ९.१ प्रतिशतले बढेको थियो ।
समीक्षा वर्षमा ट्रान्सफर आय ४.५ प्रतिशतले वृद्धि भई ११ खर्व २५ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ९.१ प्रतिशतले बढेको थियो । त्यसैगरी, समीक्षा वर्षमा ट्रान्सफर भुक्तानी २७.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ७२ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ११.२ प्रतिशतले बढेको थियो ।  

समीक्षा वर्षमा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई ?.१० खर्व ७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षमा विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २२.५ प्रतिशत रहेकोमा समीक्षा वर्षमा २०.८ प्रतिशत रहेको छ ।
समीक्षा वर्षमा पेन्सन आय ५.७ प्रतिशतले वृद्धि भई ६१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १.३ प्रतिशतले बढेको थियो ।