‘नयाँ सरकारले पनि हाम्रो माग सम्बोधन नगर्ने भएकोले आन्दोलनको घोषणा’: नाडा उपाध्यक्ष रिजाल 

‘नयाँ सरकारले पनि हाम्रो माग सम्बोधन नगर्ने भएकोले आन्दोलनको घोषणा’: नाडा उपाध्यक्ष रिजाल 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृत पुडासैनी, काठमाडौं ।

वाणिज्य बैकहरुले बढाएको ब्याजदर घटाउनुपर्ने माग सहित नेपाल अटोमोवाइल्स एसोसिएसन अफ नेपालले दोस्रो चरणको आन्दोलन चितवनमा गर्ने भएको छ । 
हाल वाणिज्य बैंकहरुले अचक्ली रुपमा ब्याजदर बढाएको र राष्ट्र बैंकले चासो नदिएको भन्दै आन्दोलन गर्न बाध्य भएको नाडा उपध्यक्ष सुनिल रिजाल बताए, ‘ वाणिज्य बैंकहरुले ब्याजदर बढाएको भन्दै हामीले राष्ट्र बैंकसामु बारम्बार भनेपनि हाम्र्रो माग सम्बोधन भएको छैन । साथै, चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनका केही निर्देशनहरु हाम्र्रो लागि उपयुक्त नभएको र त्यस निर्देशनले व्यवसायीहरु मारमा पर्ने भएकोले उक्त निर्देशन खारेज गर्नुपर्ने’ उनले बैंकिङ्ग समाचारलाई बताएका हुन् । 

एलसी खोल्नुअघि नै आयातका लागि मार्जिन कर्जामा कायम गरिएको जोखिम भार र एलसी खोल्नुअघि नै आयातका लागि मार्जिन राख्नुपर्ने लगायतको बिषयमा सरकारले कुनै चासो नदिएको भन्दै नाडाले आन्दोलनलाई निरन्तरता जनाएको हो । 
राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मागदर्शन,२०७९ तत्काललाई स्थगन गर्नुपर्ने,एलसी खोल्नुअघि कायम गरिएको मार्जिनका सन्दर्भमा पहिलेकै व्यवस्था लागु गर्नपर्ने, बैंकको ब्याजदर प्रिमियम दर नियन्त्रणमा राख्न आवश्यक व्यवस्था गर्नुपर्नेलगायतको माग नाडाको छ । 

सरकारले ८ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यानजस्ता नीजि प्रयोजनका सवारी साधन र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि व्यवसायमा सहजता नभएको तथा अटोमोबाइल्स व्यवसायी धमाधम व्यवसायी छुट्न बाध्य भएको उपाध्यक्ष रिजालको गुनासो रहेको छ । ‘अचाक्ली ब्याजदर वृद्धिको कारण व्यवसायीहरु पलायन हुन बाध्य भएका छन्, ब्याजदर नघटेको खण्डमा अझै अरु व्यवसायीहरु पनि पलायन हुन बाध्य हुने’ उनले बताए ।

साथै, हालै नयाँ सरकार गठन भएपनि हाम्रो माग सम्बोधन हुने अवस्था नरहेको उनले बताए । 
नाडाले यही पुस ८ र ९ गते चितवनको सौरहामा भएको बृहत् भेला तथा केन्द्रिय कार्यसमिति बैठकले दोस्रो चरणको आन्दोन गर्ने निर्णय गरेको थियो । जस स्वरुप आज प्रदेश १ मा रहेको नेपाल राष्ट्र बैकको कार्यलयको मुख्य गेटमा कर्मचारी बाहेकलाई भित्र प्रवेश गर्न बन्देज लगाएको छ ।