काठमाडौं । सामाजिक सञ्जाल र मोबाइल वालेटले आम नागरिकका वित्तीय कारोबार र बैंकिक क्षेत्र तर्फ राम्रो प्रगति गरी रहेको छ । तर, यससँगै, इन्टरनेट प्रविधिको माध्यमको सदुपयोग भन्दा पनि दुरुपयोग गर्न क्रम क्रमशः रूपमा बढ्न थालेको छ । जसले गर्दा सर्वसाधारण ठगीने क्रम बढ्न थालेको छ ।
सामाजिक सञ्जालका माध्यमबाट व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न सजिलो भइरहेको छ । नेपाल जस्तो विकासशील र न्यून साक्षरता भएको देशमा सामाजिक सञ्जाल प्रयोगबाट राम्रासँगै नराम्रा काम समेत भइरहेका छन् । सामाजिक सञ्जाल र मोबाइल वालेटको सामान्य ज्ञान समेतको अभावले गर्दा यसको दुरुपयोग बढी रहेको अनुसन्धानले देखाउँछ ।
आर्थिक अपराधको अनुसन्धान नेपाल प्रहरी र प्रहरी मातहतको केन्द्रीय अनुसन्धान ब्युरोले गर्दै आएको छ । ओटिपी सेयर, सामाजिक सञ्जाल ह्याक, वैदेशिक रोजगारी, चिठ्ठाको प्रलोभन देखाएर ठगी गर्नेको संख्या बढ्दो रहेको छ । यी विषयमा छानबिनका लागि सीआईबी र नेपाल प्रहरीमा आबद्धको ज्ञानको दायरा फराकिलो नहुँदा अनुसन्धानमा समय लाग्ने गरेको छ ।
साइबर ब्यूरोका प्रहरी पवक्ता दिपकराज अवस्थीका अनुसार प्रहरीको काम अपराध भई सकेपछि कानुनीरूपमा कारबाही गर्नु मात्र नभएर अपराध हुन नदिनु पनि हो । अपराध हुन नदिनको लागी नेपाल प्रहरीको मात्र नभएर अरू क्षेत्रको पनि उतिकै महत्वपूर्ण भूमिका रहेको उनले बताए । उनले बैंक तथा वित्तीय क्षेत्रमा हुने गरेको अपराधीक घटनालाई कम गर्ने जिम्वेवारी नेपाल राष्ट्र बैंकको समेत हुने गरेको बताए ।
प्रहरीले पीडितको निबेदन आइ सकेपछि तथा अपराध भई सकेपछि कानुनी तबरले काम गर्ने गरेको उनले बताए । प्रहरीले कुनै पनि पीडितले अपराध भएको निबेदन दर्ता गरेपछि प्रेस विज्ञप्ती निकालेर पक्राउ गरी उक्त व्यक्ति विभिन्न कारणले गर्दा संकाको घेरामा रहेकाले पक्राउ गरेको बताउँदै उनले अपराध कम गर्न खोजिएको बताए ।
साइबर ब्युरोले पनि यस्ता अपराधहरूबाट सुरक्षित रहनका लागी सुरक्षित रहने विधिहरु राखेको उनले बताए । सामुदायिक प्रहरीहरूको माध्यमबाट विद्यालयहरु शिक्षा दिने, कानुन निमार्ण गर्ने, विभिन्न आइएनजीओहरुको संलग्नतामा अपराध कम गर्ने उपाए खोज्ने गरेको छ ।
प्रतिक्रिया