३१ वटा सवारी साधनको प्रदुषण चेक गर्दा १९ वटा प्रदूषण फेल

३१ वटा सवारी साधनको प्रदुषण चेक गर्दा १९ वटा प्रदूषण फेल


काठमाडौं – काठमाडौं महानगरपालिका महानगर प्रहरी बल ,वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक्त तत्त्वाधनमा महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सवारी साधनको प्रदूषण जाँच गरिएको छ । 

मंगलबार पानीपोखरीमा ३१ वटा सवारी साधनको प्रदूषण जाँच गरिएको छ । उक्त सवारी साधनको प्रदूषण जाँच गर्दा १९ वटा सवारी साधन फेल पाएको छ । यस्तै, १२ वटा सवारी साधनको अवस्था ठिक रहेको महानगर प्रहरीले जनाएको छ ।

फेल भएका सवारी साधनलाई जनही ५ सयका दरले जरिवाना गरिएको महानगरले बताएको छ ।  पुनः फेल भएका २ वटा सवारी साधनलाई प्रहरी बलद्वारा जनही एक हजारका दरले जरिवाना गराएको छ ।