नेपाली बजारमा सामसङले ल्यायो ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी

नेपाली बजारमा सामसङले ल्यायो ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी


काठमाडौंं – सामसङ नेपालले नेपाली बजारमा आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस२५ अल्ट्रा १टिबी सार्वजनिक गरेको छ । यो १ टिबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरू, र सहज मल्टिटास्किङ क्षमतासहित बनेको छ ।

नेपाली बजारमा यसको मूल्य २ लाख ३४ हजार ९९९ रुपैयाँ रहेको छ । यो टाइटटेनिएम सिल्भरब्लु र टाइटटेनिएम ग्रे रङमा उपलब्ध छ । वैशाख ४ गतेदेखि देशभरिका सामसङका आधिकारिक स्टोरहरूमा यो नयाँ भेरियन्त उपलब्ध हुनेछ।

नागरिकताको प्रयोगले सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधा मार्फत ग्राहकहरूले सजिलो किस्ताबन्दी योजनाको साथ ० प्रतिशत ब्याजमा ग्यल्केसी एस२५ अल्ट्रा १ टिबी मासिक रु ११,७५० इएमआई सम्मबाट प्राप्त गर्न सकिनेछ । 

साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको १ पटकको ब्रेकेज इन्स्योरेन्स पनि दिइनेछ। पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबकोफोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।