दोस्रो बजारमा आकर्षित हुँदै ‘रियल सेक्टर’, ६ सिमेन्ट कम्पनी आईपीओको पाइपलाइनमा

दोस्रो बजारमा आकर्षित हुँदै ‘रियल सेक्टर’, ६ सिमेन्ट कम्पनी आईपीओको पाइपलाइनमा


काठमाडौं – ‘रियल सेक्टर’कारुपमा परिचित सिमेन्ट उद्योगहरू धमाधम दोस्रो बजार छिर्न थालेका छन् । सुरुवातमा पर्याप्त नाफा देखाउँदै शेयर जारी गरिसकेपछि घाटामा जाने प्रवृत्ति मौलाएपछि वास्तविक क्षेत्रकारुपमा रहेका सिमेन्ट उद्योगहरू दोस्रो बजारमा आकर्षित बनेका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हाल ४ वटा सिमेन्ट कम्पनी सूचीकृत छन् ।

यीमध्ये अधिकांशको ‘पर्फमेन्स’ सन्तोषजनक छैन । शेयर बजारमा यतिबेला प्राथमिक शेयर जारी गर्नुअघि उल्लेख्य नाफा देखाउने र शेयर बिक्री गरिसकेपछि घाटामा जाने प्रवृत्ति मौलाइरहेको छ । घोराही, सोनापुर लगायतका कम्पनीले यस्तै हर्कत देखाएका छन् । यी कम्पनीहरू सुरुमा उल्लेख्य नाफा देखाएका थिए ।

तर, पछि लगानीकर्ताले सोचेअनुरुपको लाभांश वितरण गर्न सकेका छैनन् । दोस्रो बजारमा शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट, सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्ट सूचीकृत छ । यीमध्ये बलियो वित्तीय सूचक शिवम् सिमेन्टमा मात्रै छ । यी कम्पनीलाई पछ्याउँदै अन्य कम्पनी समेत दोस्रो बजारमा प्रवेश गर्न थालेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा ६ वटा कम्पनी आईपीओ बिक्रीको अनुमति माग्दै पुगेका छन् ।

आईपीओ अनुमति माग्नेहरूको सूचीमा सौर्य सिमेन्ट, मारुती सिमेन्ट, पाल्पा सिमेन्ट, भूगर्भ सिमेन्ट, रिद्धिसिद्धि र महाशक्ति सिमेन्ट छन् । सौर्य सिमेन्टले बोर्ड समक्ष १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता आईपिओ बिक्रीको अनुमति मागेको छ । यस कम्पनीले ४ अर्ब २२ करोड ७२ लाख ६६ हजार ५ सय रुपैयाँ बराबरको आइपिओ बिक्रीको अनुमति मागेको हो । प्रतिकित्ता २६४ रुपैयाँ मूल्यमा आईपीओ बिक्रीको योजनासहित कम्पनीले २०८० पुष १२ मा आवेदन दिएको थियो ।

त्यस्तै, मारुती सिमेन्टले १ करोड १६ लाख कित्ता आईपीओ बिक्रीको अनुमति मागेको छ । प्रतिकित्ता ३७७ रुपैयाँमा बिक्रीको योजना बुनेको कम्पनीले अनुमतिका लागि २०८० पुष २६ गते सेबोनमा आवेदन दिएको थियो । अनुमतिपछि कम्पनीले ४ करोड ३७ लाख ३ हजार २०० रुपैयाँको शेयर बिक्री गर्नेछ । त्यसैगरी, पाल्पा सिमेन्टले ७५ लाख कित्ता शेयर बिक्रीको अनुमति माग्दै २०८१ वैशाख २३ गते आवेदन दिएको थियो । ७५ करोड रुपैयाँ बराबरको अनुमति पाएपछि यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर बिक्री गर्नेछ ।

भुगर्भ सिमेन्टले १२ लाख ६२ हजार ५०० कित्ताको दरले हुन आउने रकम १२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको शेयर बिक्री गर्ने लक्ष्यसहित बोर्डमा अनुमति मागेको छ । यस कम्पनीले २०८१ भाद्र १३ गते आईपिओका लागि आवेदन दिएको थियो।यता रिद्धिसिद्धि सिमेन्टले २०८१ असोज १८ गते १ करोड २१ लाख ५१ हजार ५०० सय कित्ता प्रतिकित्ता २१४ रुपैयाँका दरले २ अर्ब ६० करोड ५९ लाख १८ हजार १५० रुपैयाँको शेयर बिक्री गर्न अनुमति मागेको हो ।

साथै, महाशक्ति सिमेन्ट कम्पनीले १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता शेयर बिक्रीका लागि २०८१ फागुन २६ गते अनुमति मागेको थियो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७०० रुपैयाँको शेयर बिक्री गर्नेछ ।

सूचीकृत कम्पनीको कति छ मूल्य ?

नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये शिवम् सिमेन्टको ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५०० रुपैयाँ बराबरको ५ करोड ४५ लाख ६८ हजार ८५ कित्ता शेयर सूचीकृत छ । यस्तै, सर्वोत्तम सिमेन्टको ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ बराबरको ४ करोड ९७ लाख ५५ हजार कित्ता शेयर सूचीकृत छ । सोनापुरको ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ बराबरको ३ करोड ७ लाख ५० हजार कित्ता र घोराहीको ४ अर्ब ५६ करोड ७६ लाख ८५ ४ करोड ५६ लाख ७६ हजार कित्ता शेयर सूचीकृत छ ।

आईपीओको पखाईमा रहेका कम्पनीः

कम्पनी शेयर कित्तामूल्य मूल्य प्रतिकित्ता
सौर्य सिमेन्ट१ करोड ५९ लाख
४ अर्ब २२ करोड
२६४.५१
मारुती सिमेन्ट
१ करोड १६ लाख
४ अर्ब ३७ करोड

१००
पाल्पा सिमेन्ट
७५ लाख
७५ करोड

१००
भूगर्भ सिमेन्ट
१२ लाख ६२ हजार
१२ करोड ६२ लाख
१००
रिद्धिसिद्धि सिमेन्ट
१ करोड २ १ लाख
२ अर्ब ६० करोड
२१४.१०
महाशक्ति सिमेन्ट१ करोड ७८ लाख१ अर्ब ७८ करोड१००

स्रोत – सेबोन