बलेफी हाइड्रोपावरका अध्यक्ष साहको राजीनामा स्वीकृत 

बलेफी हाइड्रोपावरका अध्यक्ष साहको राजीनामा स्वीकृत 


काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडका अध्यक्ष संजय कुमार साहले राजीनामा दिएका छन् । साहले आफ्नो कार्य व्यस्तता देखाई सो पदबाट राजीनामा दिएका हुन् । 

कम्पनीको चैत २७ गते बसेको  सञ्चालक समितिको बैंठकद्वारा साहको राजीनामा स्वीकृत गरेको छ। साथै, कम्पनीले उक्त रिक्त रहेको पदमा विदुर पुरीलाई बाँकी अवधिका लागि चैत २७ गते देखि नियुक्त गरेको हो ।