काठमाडौं – ईभी ब्रान्ड दिपल नेपाल भित्रिएको एक वर्ष पूरा भएको छ । दीपलले एक वर्षको अवधिमा ८ सय बढी गाडी बिक्री गरेको हो ।
दिपलले पहिलो वर्षमा दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार ईभी मोडेल सार्वजनिक गरेको छ । ईभीमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयूडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरका माध्यमबाट दिपलले ईभीबाट ग्राहकले गर्ने अपेक्षा पुनर्परिभाषित गरेको छ ।
एमएडब्लु वृद्धिले नेपालका ९६ भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालन गर्दै आएको छ । यस अवधिमा दिपलले क्रिकेट आइकन तथा पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ‘ब्रान्ड एम्बास्डर’का बनाएको छ । यस्तै, नीति शाह, सन्दीप क्षेत्री, प्रतिश जिसी, सुशान्त केसी, स्वेता खड्का, जोन चाम्लिङ राई लगायत नेपालका करिब ३० जनाभन्दा बढी सेलिब्रिटी र खेलाडीले दिपललाई आफ्नो यात्राको साथी बनाएका छन् ।
प्रतिक्रिया