कलेज छोडेर व्यापारमा लागेका अडानीको कहानी, भान्सादेखि हवाइ क्षेत्रमा लगानी 

कलेज छोडेर व्यापारमा लागेका अडानीको कहानी, भान्सादेखि हवाइ क्षेत्रमा लगानी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

१९७८ को कुरा हो । विश्वकै दोस्रो धनी व्यक्ति भारतका गौतम अडानी पढाईको साथ–साथै व्यवसायको बारेमा सोचिरहेका थिए । तर उनले पढाईलाई पाखा लगाएर अन्त्यमा व्यवसायलाई नै आफ्नो केन्द्रमा राखे र पढाइ छोडिदिए । 

अडानी समूहको संस्थापक गौतम अडानीको फोव्र्स पत्रिका अनुसार आजको मितिमा कुल सम्पत्ति १ सय ५६.३ बिलियन डलर छ । उनले भारतकै धनी व्यक्तिको रुपमा रहेका तथा निकै समय भारतमा दबदबा कायम गरिरहेका रिलायन्स इन्डस्ट्रीज कम्पनीका अध्यक्ष मुकेश अंबानीलाई पछि पारेर भारतको मात्र नभएर एसियाको धनी र विश्वकै दोस्रो धनीको रुपमा गौतम अगाडी आएका हुन । 

उनको व्यवसाय यति सम्म छ कि, हरेक भारतीयले उनको कम्पनीको उत्पादनलाई प्रयोग गर्छन । भने विश्वको धेरै देशको मुख्य व्यवसायमा उनको लगानी रहेको छ । उनको घरको रासन देखि कोइला, रेलबे, हवाई अड्डा, बन्दरगाह तथा जलविद्युतमा समेत लगानी रहेको छ । हालैको दिनमा उनले नेपालको जलबिद्युतमा समेत लगानी गर्ने इच्छा गरेकोमा बैंशाख यता उनले काठमाडौंमा ३ पटक सम्म आफ्नो प्रतिनिधी समेत पठाइरहेका छन् । अर्थात नेपालको विद्युतिय क्षेत्रमा उनले लगानी गर्ने इच्छा देखाएका हुन् । 

अडानीको सफलताको ग्राफ 

गौतम अडानीले सन् १९७८ मा कलेजको पढाइ छोडेर उनले मुम्बइमा हिरा बजारमा हात हालेका थिए । तर उनलाई सो कामले भने आजको दिनमा ल्याएको होइन यसको लागि उनले १९८१ सम्मको समयलाई रोक्नुपर्याे । 
उनलाई उनको ठुलो दाजुले अहमदाबादमा बोलाए उनको दाईले प्लाष्टिक कम्पनी किनेका थिए । तर त्यसले त्यति धेरै बजार पाइरहेको थिएन । सो कम्पनीलाई कच्चा पदार्थको जति आवश्यक थियो त्यो पर्याप्त भने थिएन । यस कम्पनीलाई

माथि ल्याउनको लागि उनले गौतमले काडला पोर्टमा प्लाष्टिक बनाउन आवश्यक पर्ने कच्चा पदार्थ ग्रैनुएल्सको आयात गरे । सन् १९८८ मा अडानी इन्रप्राइज लिमिटेड नाम गरेको कम्पनी खडा गरे र धातु, कृषि उत्पादन तथा कपडाको उत्पादनको साथै कमोडिटी टे«ङ्गिग शुरु गरे । 

केही बर्षको अन्तरालमा नै यो कम्पनीले आफ्नो प्रभाव बजारमा दिन थाले र भारतीय बजारमा नाम चल्न थाल्यो । 

त्यसको साथै अडानी इन्टरपाइजेज को साथै सन् १९४४ मा बीएसईमा कम्पनीको शेयर सुचिकृत गरे जसको एक शेयरको मूल्य १५० मात्र थियो । यो कम्पनी उनको उचाईलाई माथि लागे एक आधार मात्र भन्र्याे । 

मुद्ररा पोर्ट 

\"\"

सन् १९९५ मा अडानी सूमहले मुद्ररा बन्दरगाह सञ्चालनमा ल्याए । उक्त बन्दरगाह करिब ८ हजार हेक्टरमा फैलिएको थियो । यो बन्दरगाह भारतको नीजि बन्दरगाहमा सबैभन्दा ठुलो हो । 

यो बन्दरगाहबाट भारतको कुल भागको एक–चौथाइ सामान आवत–जावत गर्छ । गुजरात, महाराष्ट्र, गोवा, केरला, आन्द्र प्रदेश, तामिलनाडु और उडीसा लगायतको समुन्द्र राज्यमा १३ घरेलु बंन्दरगाहमा अडानी समूहको उपस्थिति रहेको छ । 
मुद्ररा बन्दरगाहमा विश्वकै धेरै कोइला राख्ने क्षमता रहेको छ । 

यस बन्दरगाहमा बिजुली प्लान्ट, नीजि रेलबे लाइन र एक नीजि हवाई अड्डा समेत रहेको छ । 

खाध्य वस्तुमा अडानीको कारोबार 

सन् १९९९ मा अडानीले विल एग्री बिजनेस ग्रुप विल्मर सँग मिलेर तेलको कारोबारमा हात हालेर उनले खाध्य वस्तुमा समेत पहिलो पटक हात हाले । आज यो कम्पनीको तेल भारतमा सबै भन्दा बढी बिक्री हुने तेल हो । त्यसको साथै पिटो, चामल, दाल,चिनि लगायतको क्षेत्रमा हात हालेर व्यवसायले थप माथि लगे । 

त्यस्तै, २००५ मा भारतका तत्कालिन सरकार सँगको सहकार्यमा धेरै राज्यमा भण्डारण बनाएका थिए । जुन आज सम्म पनि छ । 

कोइला खानी 

\"\"

अडानीलाई आजको स्थानमा ल्याउँनको लागि माथिको कारोबारले मात्र सहयोग भने गरेको होइन । उनले कोइला खानीको व्यवसायमा समेत हात हालेका छन् । जुन २०१० मा अडानीले अष्टेलिया सँग १२ हजार १ सय ४७ करोडमा कोइला खानी किनेका थिए । जुन अष्टेलियाको गेली बेष्ट क्रिन आइसल्याडमा रहेको छ । उक्त खानीमा ७.८ बिलियन टन कोइला भन्डारण रहेको छ । जसमा हरेक साल ६० मिलियन टन कोइला निस्किन्छ । 
साथै, इन्डोनेसियामा तेल, ग्यास र कोइला लगायतको प्राकृतिक संसाधन धेरै रहेको छ । जसलाई उक्त कम्पनीले भने लाभ उठाउन भने सकेको छैन । 

कारोबारको विस्तार

अडानी साम्राज्यको कारोबार २००२ मा ७६.५ करोड डलर रहेकोमा २०१४ सम्म आइपुग्दा उक्त कम्पनीको पैसा कुल १० खर्ब डलर पुग्न गयो । 

सन् २०१५ मा भारतमा यही कम्पनीले सेनाको रक्षा क्षेत्रमा हात हाल्यो । जसमा विदेशी हतियार लगायतको उपकरण आयात गर्याे । यसको केही समय पछि नै उक्त कम्पनीले सोलारको क्षेत्रमा पनि काम सुरु गर्याे र कारोबारलाई अझै अघि लगेर गए । 

त्यतिले मात्रले उनको सफ्तारलाइ रोकिएन उनले २०१९ सम्मा हवाइको क्षेत्रमा समेत हात हाले । अहमदाबाद, लखनउ, मंगलुरु, जयपुर, गुवाहाटी तथा तिरुवनंतपुरमा रहेको ६ ओटा हवाई क्षेत्रलाई आधुनिकीकरण गर्ने काम गरे भने अझै उक्त

कम्पनीले सो विमानस्थलको अझ ५० बर्ष सम्मको सम्झैता गर्न सफल भए । 

अडानी समूह सँग मुम्बई इन्टरनेशनल एयरपोर्टमा ७४ प्रतिशत शेयर रहेको छ । 

छैनन् विवाद बाट पार

सफलता सँगै उनको विवाद पनि जोडिएर आएको छ । उनको गुजरातमा रहेको बन्दरगाह रहेको क्षेत्र उक्त राज्य सरकारबाट निकै सस्तोमा लिजमा लिएको आरोप लाग्दै आएको छ । 
अडानी समूहकै प्रबन्धक निर्देशक तथा गौतमका भाई राजेश अडानी कस्टम ड्युटीको चोरीको आरोपमा सन् २०१० मा पक्राउ परेका थिए । 
सन् २०१४ मा सरकारी अधिकारीले बिजुली बनाउने काममा प्रयोग हुने उपकरण खरिद गर्दा करिब १ अर्ब डलर बढाएको आरोप लाग्ने गरेको छ अडानी समूहलाई यस सम्बन्धी नोटिस नै जारी भएको थियो । 
त्यस्तै, यो समूहले भारतमा मात्रै नभएर अष्टेलियामा समेत बदमास गरेको आरोप छ । अष्टेलियाको क्रिसल्याण्ड भन्ने राज्यमा अडानीको कोइला खानी छ । यस कम्पनीलाई सरकारले कोइला खन्न दिएको भन्दै उक्त राज्यमा निकै विवाद भइरहेकोले छ । जसको कारणले सो समूहले आलोचना भोक्दै आएको छ । 

सत्तापक्ष सँग सम्बन्ध 

अडानी समूहको भारतका संस्थापक तथा हालका प्रधानमन्त्री नरेन्द्र मोदी सँग निकै राम्रो सम्बन्ध रहेको छ । मोदी गुजरातको मुख्यमन्त्री भएको बेला नै उक्त समूह र मोदीको राम्रो सम्बन्ध रहेको छ । 
साप्रदायिक दंगाको समयमा गुजरातका व्यापारीको व्यापार चौपट्ट भएको समयमा अडानीको अग्रसरतामा मोदीलाई सहयोग गरेका थिए । जसको कारणले उनको र मोदीको राम्रो सम्बन्ध भएको देखिन्छ । 

वीवीसी हिन्दी बाट अनुवादित