कृषि विकास बैंकको न्यूरोड शाखा घोटालाको आरोपितलाई सजाय निर्धारण 

कृषि विकास बैंकको न्यूरोड शाखा घोटालाको आरोपितलाई सजाय निर्धारण 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

न्यूरोडमा रहेको कृषि विकास बैंकको शाखामा अनियमितता गरेका न्यूरोड शाखाका आरोपितहरुलाई सजाय निर्धारण गरेको छ । आरोपितहरुमा शाखा प्रमुख गोपाल गिरी, कर्जा विभागका प्रमुख महेश्वर मरहठ्ठा, बैंकमा कार्यरत सहायक टेलर दिपिका रेग्मी, रमेश बिष्ट, र शाखा प्रबन्धक प्रेमहरि ढुंगेलमाथी ४ करोड रुपैंया भन्दा बढी हिनामिना गरेको आरोप लागेको थियो । 

अदालतले भदौ ७ मा नै फैसला सुनाएको थियो । तर, कसुर भने सोमबार मात्र निर्धारण गरेको हो । 

त्यस्तै, रमेश थापालाई अदालतले ४ बर्ष र दिपिका रेग्मीलाई ८ बर्ष कैद सजाय तोकेको छ । साथै, रेग्मीलाई ३ करोड ९२ लाख ४४ हजार ७ सय ४७ रुपैंया जरिवाना तोकेको छ, थापालाई भने ३१ लाख ६८ हजार रुपैंया जरिवाना तोकेको छ । 

उनीहरुले कुल ५ करोड रुपैंया घोटला गरेका थिए । बैंकिङ्ग कसुर मुद्दामा भने यस अघि नै उच्च अदालत पाटनले फैसला सुनाएको थियो ।