‘बैंकका शाखा कम गरौं, सबैले डिजिटल बैंकिङ्ग कारोबार गरौं’ 

‘बैंकका शाखा कम गरौं, सबैले डिजिटल बैंकिङ्ग कारोबार गरौं’ 


सुनील केसी, प्रमुख कार्यकारी अधिकृत, एनएमबी बैंक 
कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको छ । उद्योग, व्यापार, व्यवसाय सबै डुब्ने संघारमा छन् । सरकारले आर्थिक कारोबारलाई चुस्त बनाउन लकडाउन खुकुलो पारेको छ । यद्यपी उद्योगी तथा व्यवसायीले कर्जाको ब्याजदरमा सहुलियत र किस्ता बुझाउने अवधि थप गर्न माग गरिरहेका छन् । तर, सरकारले भने राजस्व बुझाइहाल्न निर्देशन दिएको छ । बैंक तथा वित्तिय क्षेत्रलाई शनिबारसहित दुई सिफ्ट काम गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । यसकारण बैंकका कर्मचारीहरु पनि रुष्ट देखिन्छन् । यस्तै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा छ । कोरोनाको कहरबीच केन्द्रीय बैंकले कस्तो निति ल्याउने हो भन्ने विषयमा सबैको ध्यान गएको छ । बैंक तथा वित्तीय क्षेत्रका यस्तै तमाम विषयहरुलाई समेट्दै एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीसँग बैंकिङ्ग समाचारका लागि मनोज रेग्मीले गरेको कुराकानीः 

उच्च अहोदामा रहेका बैंक सञ्चालकहरुसँग कर्मचारीहरु त्यती सन्तुष्ट देखिदैनन् नी किन ? 

यस्तो विषम परिस्थितीमा सबैलाई अफ्ठ्यारो छ । कर्मचारीहरुले तलब सुवीधा पाएकै छन् । कोरोना संक्रमणबाट बच्नको लागि सबैलाई उचित समाग्री र उपकरणहरु हामीले प्रदान गरेको अवस्था छ । बैंकको सोझो सम्बन्ध भनेको ग्राहक र जनतासँग हुने भएकाले उनीहरुलाई सेवा प्रदान गर्नै पर्यो । फेरि बैंकिङ्ग सेवा आफैमा अतिआवश्यक मानिन्छ । हामीले उहाँहरुको निक्षेप संकलन गरेर बसीरहेका छौँ । त्यसैले उहाँहरुको आवश्यकता हेरेर नै हामीले सेवा प्रवाह गरेका हौँ । जहाँसम्म मलाई लाग्छ कर्मचारीलाई त्यती अफ्ठ्यारो भएको छैन् । यद्यपी सबै कुरा विगतको जस्तो छैन अहिले । यो संसारभरीको साझा समस्या हो । त्यसकारण अहिलेको अवस्थामा सबै आफ्नो ठाउँबाट संयम भएर सेवा प्रवाह गर्नुपर्छ । कोही सन्तुष्ट र कोही असन्तुष्ट भन्ने हुँदैन । 

पछिल्लो समय केन्द्रीय बैंकले शनिबारसहित दुई सिप्ट काम गर्न बैंकहरुलाई निर्देशन दिएको छ । यसरी त कर्मचारीलाई अफ्ठ्यारो पर्ला नी ? 

यो हामीहरुको लागि कुनै नयाँ कुरा होइन । पहिला पनि यस्तो संकटको अवस्थामा  हामीले बैंक  काउन्टरहरु खोलिरहेकै अवस्था हो । त्यसैले जाहाँसम्म दुई सिफ्टको कुरा छ । यो आवश्यकतालाई मध्यनजर गरेर खोल्ने हो । यस्तो सेवा सरकारको फाइदाका लागि मात्रै नभई आम ग्राहकहरुको आवश्यकता हो । त्यसमा कुनै अफ्ठ्यारो भन्ने हुँदैन । 

५ प्रतिशत ब्याजदरमा बाणिज्य बैंकका प्रतेक शाखाले कम्तीमा १० जनालाई सहुलियतमा ऋण प्रदान गर्नुपर्ने आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको छ । 
। यो कुरा तपाईलाई कस्तो लाग्यो ? 

यो ठिक कुरा हो । बैंकिङ्ग क्षेत्रका र यसमा जोडीएर कारोबार गर्ने ग्राहकलाई ब्याजमा सहुलियत दिँदा नयाँ ग्राहकहरु यस्ता सुवीधाबाट बन्चित हुने भए । कोरोना संक्रमणका कारण ठुलो मात्रामा विदेशमा काम गरिरहनुभएका नेपालीहरु स्वदेश आउँदै हुनुहून्छ । त्यसकारण मुख्यरुपमा उहाँहरुलाई यो विषयले समेट्छ । प्रतेक शाखाबाट १० जना नयाँ ऋणीहरुले सहुलियत कर्जा पाउनु भनेको उल्लेखिय कुरा हो । यो नयाँ कर्जा लिनेहरुका लागि मात्रै राम्रो भयो । तर, कर्जा लिईसकेकाहरुको लागि राहत प्याकेजहरु ल्याउन सकेको भए अझै राम्रो हुन्थ्यो । किनभने यो अवस्थामा सबैको व्यापार–व्यवसाय ठप्प छ । यद्यपी समग्रमा हेर्दा नयाँ काम सुरु गर्छु भन्नेका लागि यो उपयुक्त छ । 

अहिले सबै क्षेत्रले राहत माग गरिरहँदा बैंकहरुलाई राहत चाहिँदैन ? 

अहिले बैंक तथा वित्तिय संस्थाहरु अफ्ठ्यारो अवस्थामा छन् । हामीले गर्नुपर्ने सबै कामहरु गरिरहेकै छौँ । बैंकका पनि आफ्नै आवश्यकताहरु छन् । विगतमा जस्तो सहज रुपमा साँवा तथा व्याज पनि उठेको छैन् । खर्च उस्तै छ । त्यसकारण कुनैन कुनै अवस्थामा सहायता त चाहिन्छ नै । 

राष्ट्र बैंकहरुले मौद्रिक निति ल्याउन लागेको छ ? के समावेश भईदिए  हुन्थ्यो भन्ने लाग्छ ? 

वित्तीय संस्था भएपछि संस्थागत सुशासन राम्रो हुनैपर्छ । बैंकको चल्ने तरिका ठीक छ कि छैन ? यसले कस्तो काम गरिरहेको छ ? बोर्ड र म्यानेजमेन्टको भूमिका के–कस्तो छ ? भुक्तानी गर्न सक्ने क्षमता कस्तो छ ? भन्ने कुरा हेर्छन् । यसमा हामीले देखाउन सक्नुपर्छ । कोरोना भाइरसले बजार ठप्प भएको अवस्थामा सबैलाई ध्यानकेन्द्रीत गरी सहुलियत प्याकेज ल्याउनुपर्छ । केन्द्रीय बैंकले नियमलाई नरम बनाउँदै लैजानुपर्छ । त्यसले गर्दा बैंक ताथ वित्तिय संस्थाहरुलाई काम गर्न सजिलो हुन्छ । सरकारले सहयोग गरेको गर्नुपर्छ । यो संकटलाई अवसरको रुपमा लिई सबैले सहज र सवल काम गर्नुपर्छ ।   

बैंकलाई ब्यापक मर्जरमा लैजाने राष्ट्र बैंकको अभियान छ । एनएमबी बैंक पनि मर्जरमा जाने तयारीमा हो ? 

हामीले भर्खरै एउटा विकास बैंकलाई प्राप्ती गर्यौ । त्यसपछि अहिले फाइनान्सलाई प्राप्ती गर्ने तयारीमा छौँ । हाम्रो बैंकको हकमा विगत ३÷४ वर्षदेखि मर्जरकै प्रक्रियामा छौँ । बिग मर्जर त हुन सकेको छैन । तर प्राप्ती भने गरिरहेकै छौँ । यो निरन्तर चलिरहन्छ । यद्यपी मर्जर आवश्यकता अनुसार गरिनुपर्छ भन्ने मलाई लाग्छ ।  

वित्तिय शाक्षारतामा एनएमबी बैंकको योगदान कत्तिको छ ? 

योगदान भन्दा पनि यो हाम्रो लागि फाइदाको कुरा हो । राष्ट्र बैंकले ल्याएको हरेक स्थानीय तहमा बैंकका शाखा पुग्नुपर्ने निति पनि आफैमा उल्लेखीय छ । यसमा हाम्रै मार्केट स्थापित हुने हो । बैंक त जति ग्राहक बढ्यो त्यती नै चल्छ । एनएमबी बैंकले पनि वित्तिय शाक्षरतामा उल्लेखीय योगदान गरेको छ । विगतमा हामीले ‘एक घर एक खाता’ भन्ने अभियान पनि चलायौँ । त्यसपश्चात ‘एक व्यक्ती एक खाता’ भन्ने अभियान पनि आयो । हामीले पनि हरेक शाखाहरुमा आवश्यकता अनुरुपका वित्तिय शाक्षरताका कार्यक्रमहरु चलाएका छौँ । अहिलेको कुरा गर्दा वित्तिय शाक्षरताको दर पनि बढ्दो छ । ३ करोडभन्दा बढि जनतामा बैंक खाता पुगेको तथ्याङक छ । यसमा विदेशीको खाता भएर होला धेरै देखिएको । यद्यपी विस्तारै सबैमा वित्तिय ज्ञानको पहुँच बढेकै छ । 

कोरोना संक्रमणपछिको लकडाउनका कारण आम मानिसमा डिजिटल बैंकिङ्ग कारोबारको बारेमा चेतना पलाएको छ । तर, ग्रामिण क्षेत्रमा भने यसको पहुँच न्युन छ ? ग्रामिण क्षेत्रमा प्रविधिको विकास कसरी गर्ने ? 

यो समय डिजिटल प्रविधिको विकास गर्ने उपयुक्त समय हो । लामो समयको लकडाउनका कारणले हामी सबैमा यसको महत्व र आवश्यकताको महशुस गराएको छ । विगतको तुलनामा प्रविधिको प्रयोग पनि बढ्दै गईरहेको छ । यसलाई बढ्वा दिने क्रममा धेरै कामहरु गर्न सकिन्छ । हाम्रो बैंकको सामाजिक सञ्जाल फेसबुक अथवा भाइबरबाट नै खाता खोल्न सकिन्छ । यसलाई पनि प्रविधिको विकास भन्न मिल्छ । अनलाईन कारोबार गर्दा सहज पनि हुन्छ । यसबाट अनेक प्रकारका भुक्तानी गर्न मिल्छ । रकम आदान–प्रदान गर्न मिल्छ । अझ यो तीन महिनाको अवधीमा   अनलाईन कारोबार गर्ने ग्राहको शंख्या बढ्दै गइरहेको छ । यो हामी सबैको लागि राम्रो कुरा हो । यस्तै खाले नयाँ–नयाँ कार्यक्रमहरु ल्याएर यसलाई अझै बढवा दिने प्रयास हामीहरु लागिरहेका छौँ । अब विस्तारै हामी नगदरहित कारोबारतर्फ जाने हो भने भविष्यमा अत्यान्तै पारदर्शी, सहज र सुरक्षीत कारोबार गर्न सकिन्छ ।  

विदेशी बैंकमा युभी (अल्ट्रा भाइलोन्ट) जडान नगद गणना गर्ने मेसीनहरु हुन्छन् । यसले नगदमार्फत संक्रमण हुने रोगहरुबाट बचाउँछ । नेपालमा यस्ता मसिनहरु कहिले आउँछन ? 

तपाइले भनेको ठिक हो । तर, संक्रमण त धेरै किसिमबाट हुन्छन् । हामी कर्मचारी र ग्राहकको सुरक्षाप्रति अत्यान्तै संवेदनशील छौँ । विगतको कुरा गर्दा बैंकहरु पनि कम थिए ।  शंख्या पनि कम थियो । बैंकमा कार्यरत कर्मचारीहरु कम थिए । तर अहिले धेरै छन् । ग्राहक पनि उतिकै बढेका छन् । त्यसकारण अहिले यसको आवश्यकता खोजिएको हो । नेपालमा त यस्ता खाले मसिनहरु छैनन् । तर, सबैको सुरक्षाका लागि यस्ता खाले उपकरणको खोजिमा हामी लागेका छौँ । 

अन्तमा आम ग्राहकहरुलाई के भन्न चहानुहुन्छ ? 

अहिलेको परिवेशमा मुख्य कुरा भनेको सुरक्षा हो । आफु पनि संक्रमणबाट बच्ने र अरुलाई पनि बचाउने अहिलेको आवश्यकता हो । त्यसैले सकेसम्म सबै घरमै बसौँ । बैंकका शाखाहरुमै धाएर कारोबार गर्नुभन्दा सबैले घरबाटै डिजिटल बैंकिङ्ग कारोबार गरौँ । यसले गर्दा सबैको स्वास्थ्य सुरक्षीत हुन्छ । त्यसकारण अहिलेको अवस्थामा बैंकका शाखाहरु कम गरौं । सबैले डिजिटल कारोबार गरौं ।