प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्बिर सहित सोनाम ल्होसार मनाउने  सवैमा यो पर्वको हार्दिक शुभकामना व्यक्त गरेका हुन् । 

‘आज तामाङ समुदायको नयाँ वर्ष, अर्थात्  सोनाम ल्होछार ! हाम्रो  सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ ।  यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक संगीतको एउटा महत्त्वपूर्ण विधा हो ।

हाम्रो सुन्दर पर्व सोनाम ल्होछारको अवसरमा झाम्मान् (सबै)नाना आङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना ! ल्हास्सो, फ्याफुल्ला !’ प्रधानमन्त्रीले फेसबुकमा लेखका छन् ।