नबिल र एनसीसी बैंकबीच मर्जरको बिषयमा छलफल, स्वाप रेसियोमा दुई संचालकबीच अझै अन्योल

नबिल र एनसीसी बैंकबीच मर्जरको बिषयमा छलफल, स्वाप रेसियोमा दुई संचालकबीच अझै अन्योल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नबिल र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरको बिषयमा छलफल भएको छ । गत वर्ष मर्जरको अन्तिम चरणमा पुगेर भाँडिएको मर्जर पुनः नबिलसँगै छलफल चलेको हो। यसअघि एनसीसी बैंकले नबिल र ग्लोबल र केही बैंकहरुसँग मर्जरको बिषयमा छलफल चलाएपनि छलफलमा मात्रै सिमित रहेको थियो ।नेपाल बंगलादेश बैंक गाभेको नबिलले केही सातामै एकीकृत कारोबार गर्दैछ।

एनसीसीलाई नबिलले १००ः६५ को स्वाप रेसियो प्रस्ताव गरेको स्रोतले जनाएको छ । तर एनसीसी बैंकले ८० भन्दा तल नजाने अडान लिएको छ। नबिल बैंकमा एनबी बैंक गाभिएसँगै चुक्तापुँजी पौने २८ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्तापुँजी १० अर्ब ८ करोड रुपैयाँ छ। बैंकले १००ः४३ को भागमा गाभ्ने निर्णय भएको थियो। अब एनसीसी बैंक मर्ज भएमा नबिल बैंकको चुक्तापुँजी ११ अर्ब १३ करोड रहेको छ। नबिल, एनसीसी र एनबी बैंक एकै ठाऊमा हुँदा चुक्तापुँजी ४० अर्ब हुने छ। यो सँगै सूचक मात्रै नभएर चुक्तापुँजीको हिसाब सबैभन्दा ठूलो बैंक बन्ने छ।

नबिलको सेयर दोस्रो बजारमा ८४८ रुपैयाँमा झरेको छ। यता एनसीसीको २१० रुपैयाँमा कारोबार भएको छ। नबिलको १९०० सम्म पुगेको थियो भने एनसीसीको ४०७ रुपैयाँमा उच्च मूल्यको कारोबार पछिल्लो ५२ हप्तामा भएको थियो। लाभांश तथा अन्य सबै हिसाबले नबिल बैंक अब्बल रहेको छ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएका थिए।
भर्नर अधिकारीले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रित नीतिमार्फत सुविधा कटौती गर्नेसम्मको चेतावनी दिएका थिए।