काठमाडौं – पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले डिजिटल भुक्तानी प्रोत्साहका लागि भन्दै विभिन्न किसिमका अफर सार्वजनिक गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने भन्ने तयारी गरिरहँदा प्रयोगकर्ताहरुलाई दिनुपर्ने सेवा प्रर्याप्त नदिएको कतिपयको गुनासो छ ।
नेपाल राष्ट्र बैंकले पनि डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको हो । केन्द्रीय बैंकले कारोनाकालदेखि डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आउँदा हालसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ता २ करोड ५२ लाख ७ हजार १ सय २२ पुगेका छन् भने भदौमा वालेट प्रयोगकर्ताको सङ्ख्या २ करोड ४२ लाख ६४ हजार ४८१ पुगेका छन् ।
केन्द्रीय बैंकले डिजिटल भुक्तानीमा जोड दिँदा डिजिटल कारोबार गर्नेको संख्या बढ्दै गरेको दावी गर्दै आएको छ । केन्द्रीय बैंकले डिजिटल कारोबारमा ध्यान दिने तर बैंक तथा वित्तीय संस्थाले खासै वास्ता नगर्ने गर्दा पनि डिजिटल कारोबारको भविष्य के हुने हो भन्नेमा अन्यौलता छाएको हो ।
बैंक तथा वित्तीय संस्थाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दा सहुलियत प्रदान नगर्दा ग्राहकहरुले डिजिटल भुक्तानीको प्रयोग निकै कमगर्ने गर्छन् । बैंक तथा वित्तीय संस्थाले ग्राहकहरुलाई सहुलियत नदिँदा ग्राहकहरुले डिजिटल भुक्तानीको सट्टामा नगद, चेक प्रयोग गर्ने गर्दछन् जसले नेपाल राष्ट्र बैंकको नीति अलग काम हुन पुग्छ ।
बैंक तथा वित्तीय संस्थाको डिजिटल प्रयोगकर्ता बढी आर्थिक स्थिती कमजोर भएका हुने गरेको पाइन्छ । बैंकहरुले सहुलियत नदिँदा आर्थिक रूपले कमजोर वर्गका व्यक्तिहरू डिजिटल भुक्तानीको प्रयोग गर्दैनन् जसले डिजिटल आर्थिक समावेशीकरणमा नै बाधा पुर्याउँने कतिपयको बुझाई छ ।
डिजिटल अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न पनि भुक्तानीमा सहुलियत दिनुपर्ने अधिकांशको बुझाई छ । बैंक तथा वित्तीय संस्थाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित अन्तर बैंक भुक्तानीलाई निशुल्क गर्नुपर्ने बताइएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने नीति लिएर विगत लामोसमयदेखि दसैंलक्षित बजारमा पठाउँदै आएको नयाँ नोट यो पटक पठाएन ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न भन्दै केन्द्रीय बैंकले नयाँ नोट बजारमा नपठाउँदा बैंकहरुले डिजिटल भुक्तानीमा अन्तरबैंक कारोबारमा लाग्ने शुल्क कम गर्नुपर्ने भएपनि त्यसो नगर्दा डिजिटल दक्षिणा बढ्न नसकेको बुझाई छ । दशैंमा डिजिटल भुक्तानीमा सहुलियत प्रदान नगरेका बैंकहरुले दोस्रो ठूलो चाड तिहारमा पनि खासै चासो देखाएका छैनन् ।
चाडपर्व अफरमा केन्द्रीत
बैंक तथा वित्तीय संस्थाहरु भने बैंक तथा वित्तीय संस्थाले धमाधम चाडपर्व लक्षित अफर सार्वजनिक गर्न व्यस्त छन् । बैंक तथा वित्तीय संस्थाले चाडपर्वमा आएका दक्षिणा र बोनसहरु बैंकमा बचत गर्न प्ेत्साहन गर्दै अफर सार्वजनिक गर्दै आएका हुन् । बैंकहरुले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै डिजिटल भुक्तानीमा विभिन्न किसिमका क्यासब्याकहरु दिएर तापनि सेवाग्राहीले पाउनुपर्ने सुविधा उपलब्भ गराएका छैनन् । बैंकहरु सेवाग्राहीको भावना बुझेर अफर सार्वजनिक गर्नेतर्फ भन्दा आफु कसरी नाफा कमाउनने भन्नेतर्फ अग्रसर हुँदा सेवाग्राहीले उचित अफर नपाएको कतिपयको बुझाई समेत छ ।
सरोकारवाला भन्छन्, ‘शुल्क कम छ’
बैंक तथा वित्तीय संस्थाका सरोकारवालाले भने नेपालका बैंक तथा वित्तीय संस्थाले डिजिटल कारोबारमा लिएको शुल्क उचित रहेको बताउँदै आएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समेत साना–साना कारोबारका लागि डिजिटल बैंकिङ्गको शुल्क महँगो भएको स्वीकार्छन् । यद्यपी, कुनैपनि सेवा निशुल्क नपाइने भएकाले डिजिटल बैंकिङ्ग निशुल्क गर्ने विषय उठाउन नहुँने उनको भनाई छ ।
केन्द्रीय बैंकका प्रवक्ता रामू पौडेल पनि बैंक तथा वित्तीय संस्थाले लिने गरेको कारोबार शुल्क निकै कम भएको दावी गर्छन् । उनले साना कारोबार गर्नेहरुका लागि एकै कारोबारमा लिने शुल्क केही महँगो भए तापनि समग्रमा डिजिटल भुक्तानीमा लाग्ने शुल्क अन्य देशको तुलनामा कम भएको पौडेलले बताए । यस्तै, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ्ग पनि बैंकहरुले डिजिटल कारोबार गर्दा लिने गरेको शुल्क निकै कम भएको बताउँछन् ।
‘हामीहरुले डिजिटल भुक्तानीलाई जोड दिन ग्राहकहरुलाई आग्रह गर्दै आएका छौं तर चाडवाडमा अन्तर बैंक भुक्तानी गर्दा सहुलित यति भनेर छुट्टाएका छैनौं,’ बैंकिङ्ग समाचारसँग उनले भने, ‘त्यति धेरै शुल्क छैन त्यसैले पनि बैंकहरुले यसमा ध्यान नदिएको हो ।’
प्रतिक्रिया