बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईबिएल सहभागिता फण्डको इकाईहरु खरिदरबिक्री गर्नका लागि सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेड वितरक (एजेन्ट) को रुपमा नियुक्त भएको छ ।
क्यापिटल सामूहिक लगानी कोष नियमावली तथा सो अन्तर्गतको निर्देशिका बमोजिम योजनाको वितरक (एजेन्ट) को रुपमा नियुक्त भएको हो । खुलामुखी योजनाको इकाईहरुको खरिदरबिक्रीलाई अझै सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले क्यापिटल नियुक्त गरिएको योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ ।
यसअघि “एनआईबिएल सहभागिता फण्ड” योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडका तोकिएका शाखाहरु मार्फत हुँदै आइरहेको छ ।
विगत २ वर्ष भन्दाबढी समयदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस योजनाले नेपालकै पूँजी बजारमा पहिलो खुलामुखी योजनाको परिचय बनाउन सफल भएको छ । यस योजनाले सञ्चालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाईधनीहरुलाई ८.२५ प्रतिशत र दोस्रो आर्थिक वर्षमा ५० प्रतिशत नगद लाभांश प्रदान गरिसकेको छ ।
यस योजनामा लगानी गर्न लगानीकर्ताहरुले एनआईबिएल एस क्यापिटलको वेवसाईटमा गई विद्युतीय प्रणाली मार्फत पनि लगानी गर्न सक्ने तथा भुक्तानीको लागि इसेवा, खल्ती, कनेक्ट आईपीएस, थैली, र नेपाल इन्भेष्टमेन्ट बैंकको इ बैंकिङ्ग प्रयोग गर्न सक्ने जनाइएको छ । लगानीकर्ताहरुले यस योजनामा लगानी गर्न व्यवस्थित लगानी योजना मार्फत दर्ता भई नियमित रुपमा पूर्व निर्धारण रकम लगानी गर्न सक्ने व्यवस्था समेत रहेको छ ।
“एनआईबिएल सहभागिता फण्ड” नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्घक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजना हो ।
प्रतिक्रिया