एनआईसी एशिया बैंकलाई ११ सूचकमा नियाल्दा, मुनाफा १९.९३ प्रतिशतले बढ्यो

एनआईसी एशिया बैंकलाई ११ सूचकमा नियाल्दा, मुनाफा १९.९३ प्रतिशतले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विवरणका परिसुचक उत्साहजनक रहेको जनाएको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तिय सूचकांकहरुमा अग्रणी स्थान ओगटेको बैंकको समग्र वित्तिय विवरणका सूचकहरु उत्साहजनक रहेको छ ।  

११ सूचकमा एनआईसी एशिया बैंकलाई नियाल्दा

खुद मुनाफा

खुद मुनाफा ३ अर्ब ६० करोड रुपैंया आर्जन गरेको छ । गत बर्षको यसै अवधीको भन्दा यस बर्ष बैंकको मुनाफा १९.९३ प्रतिशतले वृद्धि भएको छ ।

चुक्ता पुँजी

यस आर्थिक बर्षमा एन.आई.सी एसियाको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रहेको छ ।

कर्जा लगानी

यस आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा कर्जातर्फ २ खर्ब ५७ अर्ब रुपैंया बैंले कर्जा लगानी गरेको छ । गत बर्षको तुलनामा यस बर्ष ८ अर्ब रुपैंयाले कर्जा लगानीमा वृद्धि भएको हो । जसमा गत बर्ष २ खर्ब ४८ अर्ब रुपैंया मात्र कर्जा लगानी गरेकोमा यस बर्ष बैंकको कर्जा लगानीमा वृद्धि भएको हो ।

निक्षेप संकलन

यस बर्षको निक्षेप संकलन २ खर्ब ९६ अर्ब पृर्याएको छ । गत बर्ष यसै अवधीमा निक्षेप संकलन २ अर्ब ८७ करोड रहेको थियो । कर्जा तथा निक्षेप संकलनको हिसाबले एन.आई. सि एसिया बैंक देशकै अग्रणी मध्येमा एन.आई.सी एसिया बैंक पर्छ ।

व्याज आम्दानी

बैंकको खुद व्याज आम्दानी गत बर्षको भन्दा २५ प्रतिशतले बढेको छ । गत बर्षमा बैंकको खुद व्याज आम्दानी ८ अर्ब २५ करोड रुपैयाँ रहेकोमा यस बर्ष २५ प्रतिशतले वृद्धि गरेको हो ।

प्रतिशेयर अम्दानी

मुनाफाको क्षेत्रमा सुधार भए सँगै प्रतिशेयर आम्दानी ४१ रुपैयाँ रहेको छ । जसमा गत बर्षको अवधिमा प्रतिशेयर आम्दानी ३४ रुपैंया मात्र रहेको थियो ।

चुक्ता पुँजी

बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

जगेडा कोष

बैंको जगेडा कोषमा ९ अर्ब ७४ करोड रुपैयाँ जम्मा भएको छ । बैंकले जगेडा कोषका भारी मात्रामा जगेडा कोषमा रकम जम्मा गरेको हो । जसमा गत बर्षको भन्दा यस बर्ष २ अर्ब रुपैयाले जगेडा कोष  वृद्धि गरी ९ अर्ब रुपैंया पुर्याएको हो ।

वितरण योग्य रकम

वितरण योग्य रकम यस बर्ष १ अर्ब ३८ करोड रहेको छ ।

प्रति शेयर आम्दानी

प्रति सेयर आम्दानी ४१.९४ रुपैंया रहेको छ ।

प्रति शेयर नेटवर्थ तथा पिई रेसिया

प्रति सेयर नेटवर्थ ४१.४९ रुपैंया रहेको छ । त्यसै पिई रेसिया १८.६७ गुणा रहेको छ ।

साथै पूँजीकोष अनुपात १३.११ प्रतिशत रहेको छ । बैंकको खराव कर्जा भने ०.५१ प्रतिशत छ ।

चुक्ता पुँजीः ११ अर्ब ५६ करोड

जगेडा कोषः ९ अर्ब ७४ करोड

निक्षेप संकलनः २ खर्ब ९६ अर्ब

कर्जा लगानीः २ खर्ब ५७ अर्ब

खुद मुनाफाः ३ अर्ब ६० करोड

वितरण योग्य मुनाफाः १ अर्ब ३८ करोड

व्याज आम्दानीः ८ अर्ब २५ करोड

सञ्चालन मुनाफाः ५ अर्ब ११ करोड

प्रति सेयर आम्दानीः ४१.९४ रुपैंया

प्रतिसेयर नेटवर्थः ४१.४९ रुपैंया

पिई रेसियोः १८.६७ गुणा