काठमाडौं – ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता शेयर बिक्रीमा राखेको छ । यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।
कम्पनीले प्रतिकित्ता न्यूनतम ४५० रुपैयाँमा शेयर बिक्रीमा राखेकाे हाे । संस्थाले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो ।
तोकिएको समयभित्र बिक्री नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको संस्थाले जनाएको छ । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया