‘सकेसम्म बैंकका शाखामा नजाऔं, विद्युतिय कारोबार गरौं’

‘सकेसम्म बैंकका शाखामा नजाऔं, विद्युतिय कारोबार गरौं’


कोभिड १९ को सन्त्रास र मुलुकले खेपिरहेको लामो समयको लकडाउनका  कारण अर्थतन्त्र कसरी बचाउने भन्नेतर्फ सबैको ध्यान गइरहेको छ । यसको सोझो असर बैंक तथा वित्तिय संस्थामा पनि परेको छ । यद्यपी, लकडाउनका बाबजुत पनि बैंकहरुले यथास्थितीमा आफ्ना शाखाहरु चलाउने भएका छन् । यतीमात्र नभई व्यवसायीहरु व्याजदर लगायतमा सहुलियत मागिरहेका छन् । बैंकर्सहरु यस विषयमा सहमत छैनन् । व्याजदरको समस्याबाहेक पनि लक डाउनका कारण वित्तीय क्षेत्रमा अन्य थुप्रै समस्या आउन सक्ने देखिन्छ । वित्तीय क्षेत्रमा आगामी दिनमा कस्ता समस्या देखिएलान् र कसरी अगाडी बढ्नुपर्ला भन्ने विषयमा केन्द्रित रहेर हामीले मुलुककै ठुलो बैंकका रुपमा स्थापित ग्लोबल आइएमी बैंकका प्रमुख कार्यकारी अधिकृत प्रशुराम कुँवर क्षेत्रीसँग  बैकिङ्ग समाचारका लागि मनोज रेग्मीले गरेको कुराकानीको सम्पादित अंशः

मन्त्रीपरिषद्को निर्णयले भोलिदेखि बैंकले आफ्ना सबै शाखाहरु सञ्चालनमा ल्याउन पाउने भएका छन् । यस्तो अवस्थामा सबै शाखाहरु सञ्चालन गर्न  सम्भव होला र ?  

पहिलादेखि नै खोलीराकै हो ।तर, त्यतीबेला शाखाका शंख्या भने पुरै खोलिएको थिएनु । तर कर्मचारीहरु आलोपालो गर्दै बैंकिग सेवा हामीले प्रदान गरिरहेकै छौं । यद्यपी भोलीदेखि सबै शाखाहरु सञ्चालनमा ल्याउने कुरा चाहीँ छ । शुरुका दिनहरुमा ३ वटा त्यसपछि हामीले १५ २० वटा खोल्यौँ भने अहिले हामीलृे पहिला भने हामीले २०÷२५ वटा शाखाहरु खोलेका थियौँ भने अहिले हामीले २०० को हारहारिमा शाखाहरु खोल्यौँ । तर कुनै स्थानीय निकायको अवरोधका कारण विरगञ्जमा खोल्नै पाइएन, कांस्की जिल्लाले सूचनानै जारी गरेको छ ।  हामीले सबै शाखा खोल्न सकेका छैनौं । तर भोली यदी स्थानीय प्रशासनको अवरोध नभए हामी सबै शाखा खोल्न हामी तयार छौँ । सरकारको निर्णय अनुसार दुइ तिहाई कर्मचारीहरु भन्दा बढि नहुने गरी बैंक खोल्न निर्देशन दिएको अवस्था छ । 

एकतिहाई कर्मचारीले मात्रै शाखामा हुने सबै खाले बैंकिङ सेवा प्रदान गर्न सकिन्छ त ? 

लकडाउनको अवस्थामा बैंकहरुले आधारभुत सेवा प्रदान गनुपर्ने भन्ने बुझिएको छ । यसकारण कर्मचारीहरुले आलोपालो गरेर मात्रै सामान्य बैंकिग सेवा प्रदान गर्ने हो । तर यतीबेला आधारभुत सेवा भनेर त्यही मात्रै दिइएको अवस्था छैन । जस्तै रेमिट्यान्सका सेवाहरु पनि हामीले नै दिइरहेका छौं । यदी कोही व्यक्ती विदेशी मुद्रा साट्न आएको खण्डमा हामीले उसलाई यहाँ आधारभुत सेवा हो भन्दै पठाइएको छैन । त्यसैले यस्तो लकडाउनको अवस्थामा ग्राकहरु बैंकसम्म आउनसक्ने अवस्था छैन । तर हामी हाम्रो तर्फबाट सक्दो सेवा प्रदान गर्न सक्षम र तयार छौं । तर आलोपालो गर्ने क्रममा कुनै बेला लोन डिपार्टमा काम गर्ने साथिहरु नहुनु होला । त्यस्तो अवस्थामा लोन सम्बन्धी कुनै ग्राहक बैंकसम्म आएको खण्डमा हामीले सम्बन्धीत कर्मचारीको फोन नम्बर उक्त ग्राहकलाई दिने अथवा उक्त ग्राहको कामको विवरण सम्बन्धीत कर्मचारीलाई प्रदान गर्दिने कामहरु हामीले गर्न सक्ने अवस्था छ । त्यसैले बैंकहरुले त काम यथास्थ्तिीमा गर्न सक्छन । तर, आम सर्वसाधारणहरु बैंकको शाखासम्म कसरी आइपुग्छन् भन्ने यतीबेलाको मुख्य प्रश्न हो  । 

ग्लोबल आइएमई बैंक मुलुककै ठुलो बैंकको रुपमा स्थापीत छ । त्यसैले बैंकले अवलम्बन गर्ने रणनितिहरु अरुका लागि पनि खजाना बन्न सक्छ । तपाईहरुले अगाडी सार्ने आगामी रणनितिहरु के-कस्ता छन् ? 

हामी लगायत अन्य बैंकहरुले लकडाउन सुरु भएलग्त्तै अन्तरबैंक डिजिटल कारोबारमा कुनै शुल्क नलाग्ने भनेर घोषणा गरिसकेको अवस्था छ । त्यतीमात्र नभई यतीबेला जुनसुकै बैंकको एटीएम मेसिनबाट कारोबार गर्दा पनि कुनै शुल्क नलाग्ने भएको छ । हाम्रो बैंकले पनि यसलाई मानेको छ । अझ हामीले त हाम्रा ग्राहकहरुलाई तपाईहरु सकेसम्म बैंक आउदै नआउनुस पनि भनेर भनेका छौं । यसमा कर्मचारी र आम ग्राहक दुवै पक्षको सुरक्षाको विषय जोडीएको छ । सरकारले रहरले लकडाउन गरेको होइन । आम जनमानसको स्वस्थ्य सुरक्षाको विषयलाई मध्यनजर गर्दै लकडाउन गरेको हो । त्यसैले यसमा ग्राहकहरुले डिजिटल कारोबारलाई नै बढवा दिँदा सबैंको भलो हुन्छ । हाम्रो ग्लोबल बैंककै कुरा गर्दा हामीले प्रत्यक एटीएम मेसिनको निगरानी मुख्य कार्यालयबाटै गरिरहेकै छौँ । कहाँ–कुन एटीएममा पैसा सकियो भन्ने कुराको निगरानी हामीले राखेका छौँ । यदी, कुनै ग्राहकसँग पैसा झिक्नको लागि एटीएमम कार्ड नभएको अवस्थामा हामीले शाखा कार्यालयहरु खोलेका हौँ । तर हाम्रो अनुरोध चाहीँ यो अवस्थामा ग्राहकहरु सकेसम्म बैंकमा नआउनुस् । घरबाटै डिजिटर कारोबार गनुस् । यदी हाम्रो बैंकमा पैसा जम्मा गरेका ग्राहकहरु पैसाले रोकिए, औषधी खरिद गर्न नपाउने, खाना खान नपाउने जस्ता खालका स्थीती हामी आउन दिँदैनौँ । हामीले हाम्रो बैंकका शाखा म्यानेजर, अपरेसन इन्चार्ज लगायतका कर्मचारीको टेलिफोन नम्बर वेवसाईटमा राखेका छौँ । ग्राहकहरुले उहाँहरुसँग सम्पर्क राखेर कारोबार गर्न सक्नुहुन्छ । 

बाहिरबाट आउने रेमिट्यान्स रकम अनलाईनमार्फत खातामा जम्मा हुने पक्रिया मिलेको छ कि छैन ? 

रेमिटेयन्स दुई किसिमको हुन्छ । एउटा चाहीँ सोझै हाम्रै ग्राहकको खातामा जम्मा हुने । अर्को चाहीँ अरुको ग्राहको खातामा जम्मा हुने । तर यसमा चुरो कुरा के हो भने, जुन ग्राहक हाम्रो शाखामा पैसा लिन आउँछ । उहाँहरु आफु नजिकैको शाखामा उपस्थित हुनुपर्यो त्यसपछि हाम्रो शाखा खुलेको हुनुपर्यो । उहाँहरु रेमिट्यानसको रकम लिन आउँदा बैंक खुलेको अवस्थामा पैसा पाउँनुहुन्छ । त्यसमा कुनै समस्या छैन । 

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको शंख्या दिनानुदिन बढेको छ । तर बैंकका शाखा खुल्दा कर्जा प्रवाह पनि यथास्थितीमा चल्ने सम्भावना कत्तिको छ ? 

त्यसमा हाम्रो तर्फबाट कुनै समस्या छैन । यदी कुनै ग्राहकले आफुलाई कर्जाको आवश्यकता परेको खण्डमा हामीले उसले पेस गरेको कागज हेर्छौ । उसँग टेलिफोनमा कुरा गर्ने लगायतका कामहरु गर्छौ । यो प्रविधिको जमाना हो । हामी ग्राहकसँग जुनसुकै माध्यमबाट पनि पुग्न सक्छौं । हामीसँग टेलिफोन छ, भाइबर छ, सामाजिक सञ्जालहरु छन् । यो समयमा हामी कर्जाको लागि दौडधुप गर्नुपर्ने जरुरी नै छैन । त्यसैले हामीले घरबाटै पनि सम्बन्धीत ग्राहक र कर्मचारीबीच कुराकानी गराएर कर्जा चाहिएको बखतमा दिने प्रयत्न गरिसकेका छौँ । त्यसमा हाम्रोतर्फबाट कुनै समस्या नै छैन । 

राष्ट्र बैंकले जारी गरेको २ प्रतिशत ब्याज छुटमा कुनै व्यवसायीहरुको चित्त नबुझेको अवस्था छ । कसैले त ५ प्रतिशतसम्मको सहुलियत माग गरेका छन् । यसमा तपाईको धारणा के छ ? 

अब स्वभाविक रुपमा सबै मर्कामा परेकै छन् । यस्तो अवस्थामा हामीलाई सहयोग चाहीयो भन्नु स्वभाविक हो । तर, बैंकका ग्राहकहरु पनि मर्कामा परेका छन् । उनीहरुले कर्जा तिर्न सक्ने अवस्था छैन । उनीहरुले कर्जा तिर्न नसकेको अवस्थामा बैंकको खराब कर्जा बढ्छ । लकडाउनको अवस्थामा यतीबेला बैंकमा कर्जाको सावा ब्याज बुझाउने अवधि थप गरिएको छ, रेमिट्यान्स घटेको छ, बैंकहरुको पनि कहाँ राम्रो हालत छ र । यो क्वाटरमा पनि बैंकहरुले घाटा व्यहोरिरहेको अवस्था छ । अचानोको पिर खुकुरीलाई कहाँ थाहा हुन्छ र भने जस्तै बैंकहरुको स्थिती पनी यतीबेला खराब छ । हामीमा धेरैजना शेयरधनीहरु हुनुहुन्छ । कतिपय शेयरधनीहरुले शेयरबाट आएको पैसाले रोजिरोटी चलाउँला भनेर बस्नुभएको होला । त्यस्ता बर्गहरुलाई पनि हामीले हेर्नुपर्छ । यस्तै राष्ट्र बैंकले ४.४ स्प्रेडदर कायम गरेको छ । त्यस स्प्रेडदरभित्र रहेर आफ्ना खर्चहरु कटाएर नाफा गर्नुपर्ने अवस्था छ । फेरि रिटनल क्यापिटल ५ वर्ष पहिलादेखिनै घटिसकेको छ । पहिला ३० प्रतिशत रिटनल क्यापिटल थियो भने अहिले जम्मा १५ प्रतिशत मात्रै रिटनल क्यापिटल छ । त्यसैले यतीबेला बैंक पनि बलियो अवस्थामा छैन । सर्वसाधारणले, आम जनताले राज्यबाट, नियमनकारी निकायबाट एक प्रकारको अपेक्षा गर्नु स्वभाविक हो । तर, हाम्रा पनि सरकार स्वयमका पनि केही बाध्यताहरु छन् । सरकारकै साधारण मासिक खर्च हेर्ने हो भने पनि ५५ अर्ब भन्दा माथि छ । तर, पछिल्लो तथ्याङकलाई हेर्ने हो भने राजस्व जम्मा ११ अर्ब उठेको छ । 

अधिकांश बैंकहरुलाई कर्मचारी धान्नै मुस्किल परेको भन्ने सुनिन्छ । त्यसैले बैंकहरुले कर्मचारी कटौतीतिर लागेको खबर पनि प्राप्त भएको छ । के यो साँचो हो  ? 

सामान्य हिसावको कुरा गर्दा बैंकमा पैसा जम्मा गर्ने निक्षेपकर्तालाई व्याज प्रदान गर्नुपर्यो । कर्मचारीलाई तलब दिनुपर्यो । सामान्य अरु खर्चहरु पनि अथाह छन् । तर, आम्दानीका स्रोतहरु सबै बन्द छन् । यसमा पनि राष्ट्र बैंकले कर्जाको ब्याजदरमा दुई प्रतिशत छुट भनेर भनेको छ । यसमा सामान्य हिसावले पनि २ करोड रकम त्यसमा जान्छ । त्यसमा पनि निश्चित समय तोकेको छ । यस्तो अवस्थामा कसरी चलाउने ? 
यसमा बैंक चलाउनु भनेको पनि सामान्य रुपमा एउटा परिवार चलाउनु जस्तै हो । जब परिवारमा आम्दानीको कुनै स्रोत छैन । परिवारका सदस्यको खर्च र मागहरु पुरा कसरी गर्ने । यसमा परिवारको मुख्य सदस्यलाई जस्तो समस्या पर्छ । त्यस्तै समस्या अहिले बैंकहरुले भोगिरहेका छन् । 

अहिले सरकारले आगामी बजेटका लागि निति तथा कार्यक्रमहरु प्रस्तुत गर्दैछ । कस्ता खालका नितिहरु ल्यायो भने यस्तो विषम परिस्थितीलाई उजागर गर्न सकिएला ? 

कारोना भाइरसले हामीलाई केही व्यवारिक कुराहरु सिकाएको छ । जस्तै हामी खाध्यान्नमा आत्मनिर्भर हुनुपर्ने रहेछ । किनभने यस्तो अवस्थामा कतिपय मुलुकहरुले खाध्यान्नलाई पनि निर्यात गर्न छाडेको अवस्था छ । अब हाम्रा नेपाली दाजुभाई तथा दिदिबहिनीहरु जो विदेश जानुभएको छ । उहाँहरु अब नेपाल फर्किने सम्भावना पर्वल छ । हरेक वर्ष लगभग ५ लाख जनताहरु विदेशबाट नेपाल आउँछन । नेपाल आइसकेपछि उनीहरु पुनः विदेश जाने माहोल नबन्ला । त्यसैले अब हामीले उहाँहरुलाई प्रयोग गर्दै कृषिलाई प्राथामिकतामा राख्नुपर्ने मुख्य कुरा हो । अब अहिले जुनसुकै व्यापार गर्ने व्यपारी, उद्योगपतिरु व्यपार गर्न तछाड मछाड गर्नुहुन्छ तर उहाँहरु कृषिमा लगानी गर्न मान्नुहुन । किनभने त्यहाँ केही जोखिम छन् । त्यहाँ केही मुद्दाहरु लुकेका छन् । त्यस्ता मुद्दाहरुलाई अब हामीले चिर्नुपर्छ । अब दोस्रा  प्राथामिकताको क्षेत्र भनेको स्वास्थ्य हो । अस्पतालहरु, अस्पतालका बेडहरु, भ्यान्टिलेटरहरु , अब फेरि यस्ता खालका समस्याहरु आएभने हामी त्यसलाई सजिलैसँग समाधान गर्न सक्षम हुने खालको वातावरण बनाइनुपर्छ । 

लकडाउनमा घरमै बस्नुभएको आम ग्राहकहरुलाई के भन्न चाहनुहुन्छ ? 

सर्वप्रथम हामीले यस लकडाउनलाई सफल बनाऔँ । बैंकमा सकसम्म नआउनुस् । इन्टरनेट बैंकिग प्रयोग गर्नुस् । पैसा निकाल्दा एटीएम प्रयोग गर्नुस् । नोटको कारोबार कम गर्नुस् । सकेसम्म हामीले यस्तो अवस्थामा डिजिटल कारोबारलाई बढवा दिउँ । किनभने नोटबाट भाइरसको संक्रमण बढ्नसक्ने सम्भावना बढि हुन्छ । यदी एटीएम प्रयोग गरेर पैसा निकाल्न नसकेको अवस्था र कुनै हालतमा पैसा आवस्यकता परेको खण्डमा तपाईहरुको सुविधालाई मध्यनजर गर्दै बैंकका शाखा खोलेको हो । तर, म फेरि पनि भन्छु तपाईहरु बैंकका शाखामा नआउनुस् ।