काठमाडौं – कोसिस गरेपछि सबथोक सम्भव छ भन्ने जलन्त उदाहरण हुन् ललितपुरकी रूपा अर्याल । शारीरिक अपाङ्गता भएकी रूपा हिँड्डुल नै बैसाखीको सहायताले गर्छिन् । स्कुटर पनि चार पाङ्ग्रे चलाउँछिन् । तर, सानैबाट आफैँ केही गर्ने अठोट बोकेकी रूपाको व्यावसायिक यात्रा भने निकै चुनौतीपूर्ण छ । आफू शारीरिक अपाङ्गता भएकै कारणले बारम्बार ‘रिजेक्सन’ भोगिन् । त्यसपछि, आफैँ केही गर्छु भन्ने अठोट लिइन् र सुरुवात गरिन् ‘आमा छोरीको अचार’।
उनी अर्थात् रूपाकी आमा हुन् – कुमारी अर्याल । उनी आफ्नै घरमा अनेक थरी अचार बनाउँछिन् र आमाले बनाएको अचार धेरैको भान्सासम्म पुर्याउने काम गर्छिन् रूपा । ‘सुरुसुरुमा आमाले अचार बनाउँनुहुन्थ्यो । म स्कुटरमा राखेर घरघरमा पुर्याउँथे,’ रूपाले सुरुवाती दिनको दुःख, सङ्घर्ष र मिहिनेत सम्झिँदै भनिन्, ‘अहिले त अचार घरघरमा पुर्याउने जिम्मेवारी ‘डेलिभरी’ कम्पनीलाई दिइएको छ ।’
सबैतिरको सम्भावना बन्द भइसकेको स्थितिमा साथीहरूले दिएको सुझाव रूपालाई पनि मन पर्यो । र, सुरु भयो असफलताको घेराबाट सफलताको सुस्केरा हाल्ने दिन । रूपाले आमासँग सल्लाह गरिन् र अचारको व्यवसाय गर्ने निचोडमा पुगिन् ।
तर, सानैदेखि आफू व्यवसायी बन्ने सोच र विचार रूपामा थिएन । आमा छोरीको अचार नामक आफ्नै व्यवसाय सुरु गर्नुअघि एउटा गैरसहकारी संस्थामा आबद्ध थिइन्, उनी । तर चीनको वुहानबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपालमा पनि लकडाउन भयो । त्यसपछि त हो रूपाको जिन्दगीको अर्को पाटो सुरु भएको । खासमा लकडाउनका कारण सो संस्थाबाट धेरै कर्मचारी बाहिरिनुपर्ने भयो र सो सूचीबाट रूपा पनि जोगिन सकिनन् ।
त्यसपछि झन्डै कोरोना महामारी अवधिभर उनले बेरोजगारीमा बिताउनुपर्यो । जब स्थिति सामान्य बन्न थाल्यो, तब जागिरको खोजीमा रूपा निस्कन थालिन् । ‘रोजगारी दिनुको साटो शारीरिक अपाङ्गता देखेर कसैले पत्याएनन्,’ उनले कोरोना महामारीपछिको आफ्नो भौँतारिएको याद कोट्याउँदै थपिन्, ‘तर हिम्मत हारिनँ ।’ शारीरिक रूपमा अशक्त भएकै कारण काम पाउन मुस्किल भएको निष्कर्ष निकालेकी उनले थुप्रै संस्थामा अन्तरवार्ता समेत दिएकी थिइन् ।
‘धेरैले अन्तरवार्तामा बोलाए, लिए र काम दिएनन्,’ रूपाले थपिन्, ‘कतै काम पाइहाले पनि माथिल्लो तलामा हुने भएकाले चढ्न मुस्किल हुने भएपछि गर्न सकिएन ।’ तर उनले सबैतिरको बाटो बन्द भएपछि नयाँ सम्भावनाको ढोका खुल्छ भन्ने भाष्य फेरी एक पटक प्रमाणित गरेकी छिन् । जागिर खोज्दाखोज्दै थाकेर घरमा बसेकी थिइन् । एकदिन साथीभाइ आए र आमा (कुमारी अर्याल)ले बनाएको अचार खाए । साथीहरूले आमाले बनाएको अचार मन पराए र सुझाए अचारको व्यवसाय सुरु गर ।
व्यवसाय सुरु गरेको केही समयमा नै सबैले आमा छोरीको अचार मन पराउन थाले, जसले रूपालाई थप हौसला मिल्यो ।
सबैतिरको सम्भावना बन्द भइसकेको स्थितिमा साथीहरूले दिएको सुझाव रूपालाई पनि मन पर्यो । र, सुरु भयो असफलताको घेराबाट सफलताको सुस्केरा हाल्ने दिन । रूपाले आमासँग सल्लाह गरिन् र अचारको व्यवसाय गर्ने निचोडमा पुगिन् । त्यसपछि नै सुरु भयो ‘आमा छोरीको अचार’ । ‘आमा छोरी अचारको विशेषता ताजा, स्वादिलो स्वाद र हाइजिन हो,’ उनी भन्छिन् । आमा छोरी अचारमा माछा, मासु, बदाम, तिल, टिमुर र मेथीको परिकार बन्छ ।
आफूहरुले बनाएको अचारको बजारीकरणका लागि मंगलबार ललितपुरको भनि मण्डलमा लाग्ने हाटमा स्टल राख्छन् आमा छोरी । स्टलका लागि साताभर दुःख गर्छन् र त्यसको फल पनि पाउँछन् । ‘स्टलबाट राम्रो व्यापार हुन्छ । व्यवसायमा लाज भन्ने कुरै हुँदैन,’ रूपा भन्छिन्, ‘म आफैँ सामान बेच्न मिहिनेत गर्छु ।’ व्यवसाय सुरु गरेको केही समयमा नै सबैले आमा छोरीको अचार मन पराउन थाले, जसले रूपालाई थप हौसला मिल्यो ।
बैंक वा सरकारी कार्यालय नयाँ व्यवसायीलाई सहयोग गरेमा युवाहरू विदेशी नै नपर्ने उनको बुझाई छ । ‘धेरै युवाहरू बाहिर जानुको मूख्य कारण नै सरकारी निकायबाट पाइने दुःख र झन्झट नै हो,’ उनी भनिन्छन् । आफूले चाखेको सफलताको स्वादपछि हिम्मत देखाउँदै उनी भन्छिन्, ‘धेरै महिलाहरू पदमा पुगेर आफ्नो जिम्मेवारी निभाइरहेका छन् । कुनै पनि काममा महिलाहरूलाई कम सोच्न हुँदैन ।’सरकारी निकाय र बैंकबाट सहायता लिन खोज्दा पाइने झन्झट र अविश्वासले धेरै नै सताउँछ । ‘मैले पनि सरकारी काममा धेरै दुख पाएको छु
आमाको सहयोगमा आत्मविश्वासका साथ व्यवसायमा अघि बढेकी रूपा अब धेरै महिलाको प्रेरणाको स्रोत बन्न चाहन्छिन् । यति बेला उनी आमाछोरी अचारलाई ब्रान्डका रूपमा स्थापित गरेर आफूजस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी दिने योजना बुनिरहेकी छिन् । ‘मलाई अनलाइन मात्र नभएर पसल नै खोलेर काम गर्न मन छ र म सँग हिम्मत पनि छ केही समयपछि म आफ्नो टिम नै बनाउने छु,’ आमा छोरीको अचारले सफलताको स्वाद चाखेपछि बनेको नयाँ योजना सुनाउँछिन् रूपा ।
’सरकारी निकाय र बैंकबाट सहायता लिन खोज्दा पाइने झन्झट र अविश्वासले धेरै नै सताउँछ ।
‘कुनै पनि काममा सहजै सफलता त कसरी मिल्छ र,’ प्रश्न गर्दै रूपा थप्छिन्, ‘मैले पनि आमा छोरीको अचार सुरु गर्नुअघि धेरै दुःख भोगे ।’ आचार व्यवसाय सुरु गर्नुअघि आफूलाई ‘ब्यूटिसियन’ बनाउने चाहना समेत उनमा थियो । ब्यूटिपार्लरको काम सिकिन् पनि । तर, शारिरिक असक्तता भएका कारण उभिएर ब्यूटिसियनको काम गर्न सम्भव नै भएन । असिमित रुपमा भौँतारिँदा पनि रोजगारी नपाउनु र ब्यूटिसियन बन्ने चाहना अपुरै रहेपछि सुरु भएको आमा छोरीको अचारले निरन्तर सफलताको शिखर चुम्दैछ । त्यसैले त रूपमा भन्छिन्, ‘कोसिस गरेपछि सब थोक सम्भव छ। ’शारीरिक अपाङ्गताले छेक्न नसकेको रूपाको उडान अर्थात् ‘आमा छोरीको अचार’।
प्रतिक्रिया