भूमि र सहकारी समस्या समाधान गर्न मन्त्री देउवा र अधिकारीबीच सहकार्य

भूमि र सहकारी समस्या समाधान गर्न मन्त्री देउवा र अधिकारीबीच सहकार्य


काठमाडौं – परराष्ट्र मन्त्री डा. आरजु देउवा र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीबीच भूमि र सहकारी क्षेत्रका समस्याकी ठोस समाधानका विभिन्न विकल्पबारे छलफल भएको छ।

बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको भेटमा आ– आफनो मन्त्रालयमा देखा परेका समस्या समाधानका लागि राजनीतिक तहमा र मन्त्रालयगत तहमा मिलेर पहल गर्ने दुई मन्त्रीको भेटमा छलफल भएको हो।

अब बन्ने भूमि आयोग गठन, सहकारी क्षेत्रको समस्या समाधानका लागि अधिकार सम्पन्न नियामक निकाय गठनलगायतको विषयमा छलफल भए‌को छ। मन्त्री अधिकारीको पहलमा राजनीतिक सहमतिका आधारमा अदालतमा दायर भएको मुद्दा फिर्ता लिएर नयाँ आयोग गठनको गृहकार्य सुरु भएको छ।

भूमिहीन दलित, भूमिहीन सुमुकुमवासी, अव्यवस्थित वसोवासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयारी गरेको हो।