काठमाडौं – चालु आर्थिक वर्ष २०८० र८१ को चौथो त्रैमाससम्ममा नेपाल बीमा प्राधिरणको तथ्याङक अनुसार लघु निर्जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कुल २ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका छन् ।
नेपाल माइक्रो इन्स्योरेन्सले कुल ४८ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ५० करोड २० लाख रुपैयाँ लगानी गरेको छ । स्टार माइक्रो इन्स्योरेन्सले ५३ करोड ५५ लाख रुपैयाँ र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ४८ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्सले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा ४५ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सल ४८ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । स्टार माइक्रो इन्स्योरेन्सले ४९ करोड ८० लाख रुपैयाँ र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ४८ करोड गरी कुल १ अर्ब ९१ करोड ४५ लाख रुपैयाँ लगानी गरेका छन् ।
नेपाल माइक्रोले २ करोड १० लाख, प्रोटेक्टिभले १ करोड ७० लाख, स्टार माइक्रो इन्स्योरेन्सले ३ करोड ५ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ५० लाख रुपैयाँ लगानी गरेको छ ।
यता, नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजातपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा नेपाल इन्स्योरेन्सले ६० लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २० लाख, स्टार माइक्रो इन्स्योरेन्सले ६० लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ३५ लाख रुपैयाँ गरी कुल १ करोड ७५ लाख रुपैयाँ लगानी गरेका छन् ।
त्यसैगरी नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा नेपाल माइक्रो इन्स्योरेन्सले मात्रै लगानी गरेको छ । कम्पनीले यस क्षेत्रमा ३० लाख ८८ हजार रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै। नागरिक लगानी कोष र म्युचुअल फण्डमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले मात्रै लगानी गरेको छ । जसमा कम्पनीले १० लाख रुपैयाँ लगानी गरेको छ ।
प्रतिक्रिया