काठमाडौं – मानिसहरूलाई घुम्न मन पर्छ । अझ युवापुस्ता घुम्न औधी मन पराउँछन् । युवापुस्ता आफूलाई मनपर्ने बाइक लिन्छन् र नयाँ नयाँ ठाउँ घुम्न निस्कन्छन् । केही युवाले त घुम्नुलाई नै आफ्नो पेसा बनाएका छन् र आफूले घुमेको स्थानबारे फेसबुक, युट्युब र टिकटक लगायत सामाजिक सञ्जालमा ‘मोटो भ्लग’ मार्फत दुनियाँलाई देखाउँछन् ।
सबैसँग घुम्नका लागि आफ्नै साधन हुँदैन । अथवा बाइकमा घुम्न जाँदा एक्लै वा बढीमा दुई जना जानुपर्ने बाध्यता हुन्छ । यही समस्याको समाधान गर्ने लक्ष्यसहित व्यवसायी बन्ने सोच भएका केही व्यक्तिले नयाँ ‘आइडिया’ फुराउँछन् । आफूलाई व्यवसायीका रुपमा स्थापित गराउने चाहना र केही नयाँ गर्ने चाहना स्वरुप सवारी भाडामा दिने प्रचलन सुरु भइसकेको छ । यसैको एउटा रूप हो ‘सजिलो रेन्टल’ ।
विश्वका जुन देशमा भएकाले पनि नेपाल आउनुभन्दा पहिले वा नेपाल आएपछि गाडी सहजै सवारी बुक गर्न सक्छन् । ‘यस्तै कुरालाई मध्यनजर गरी हामीले यो प्लेटफर्मको सुरुवात गरेका हौँ,’
सजिलो रेन्टलले विशेष गरी आफ्नै सवारी नभएका व्यक्तिलाई सहजीकरण गरिदिन्छ, जसलाई कुनै समय चार पाङ्ग्रे सवारी नभई हुँदैन । प्रविधिलाई उच्चतम प्रयोग गर्दै मोबाइल एपबाटै सजिलै सवारी ‘रेन्ट’ पाउन सकिने प्रमुख कार्यकारी अधिकृत दामोदर फुयाँल बताउँछन् । ‘सजिलो रेन्टल भाडामा गाडी दिने र गाडी भाडामा लिने एउटा प्लेटफर्म हो,’ फुयाँल भन्छन्, ‘जसले प्रविधिलाई उच्चतम प्रयोग गरेको छ ।’
विगतको दिनलाई सम्झिँदै फुयाँल भन्छन्, ‘दाइ अमेरिकामा आइटी इन्जिनियर हुनुहन्छ । हामीले केही नयाँ गरौँ भनेर छलफल गयौं ।’ छलफलबाट बजारमा माथि उल्लेखित समस्याको पुलको काम गर्ने गरी आउन सक्ने सम्भावना देखेपछि कम्पनी सुरु भएको हो । यसबाट विश्वका जुन देशमा भएकाले पनि नेपाल आउनुभन्दा पहिले वा नेपाल आएपछि गाडी सहजै सवारी बुक गर्न सक्छन् । ‘यस्तै कुरालाई मध्यनजर गरी हामीले यो प्लेटफर्मको सुरुवात गरेका हौँ,’ उनले थपे ।
‘सजिलो रेन्टल’ अनलाईमार्फत सवारी साधन भाडामा दिने र लिने माध्यम हो । यसले निजीरुपमा प्रयोग भइरहेको कार, स्कार्पियो, बस र हाइसलगायतका गाडी भाडा दिन र लिन सकिन्छ । ‘नेपालको बजारमा परम्परागत तबरबाट गाडी भाडामा लगाउने र लिने व्यवसाय सञ्चालन भइरहेको थियो,’ उनले भने, ‘यसलाई नै हामिले डिजिटल माध्यमबाट अनलाइनमार्फत दिएका हौँ ।’ तर यो व्यवसाय बिना चुनौती सुरु भएकै थिएन ।
सबैजसो काममा आइपर्ने चुनौतीजस्तै सजिलो रेन्टल सुरु गर्दा आएका चुनौती सम्झन्छन् फुयाँल । ‘प्रविधिसँग जोडिएको व्यवसाय भएकाले चाहेजस्तो दक्ष जनशक्ति पाउन मुस्किल थियो,’ उनले थपे, ‘नेपालमा प्रविधिसँग जोडिएर काम गर्न रुचाउने जमात खोज्न गाह्रो थियो ।’ खोजेजस्तो जनशक्ति पाइहाले पनि बजारले सुरुमा नपत्याउने र पत्याइहाले पनि सोचबमोजिमको व्यवसाय विस्तार नहुने जस्ता थुप्रै चुनौती फुँयालले झेले ।
तर, केही गर्ने अठोट लिएपछि आइपर्ने सबैजसो चुनौतीलाई साना चुनौतीका रुपमा देख्ने बानी परेको उनको भनाई छ । शून्य अनुभव र लगानीबाट सुरु भएको सजिलो रेन्टल यति बेला कैयौँलाई रोजगारी दिने थलोका रुपमा विकास भइसकेको छ । ‘सुरुमा आफू स्वरोजगार बन्न पाउँदा खुसी छु,’ फुयाँल भन्छन्, ‘त्यसपछि अन्य केही युवाको रोजगारीको खोजीलाई समेत सकेको छु ।’
‘नेपालको बजारमा परम्परागत तबरबाट गाडी भाडामा लगाउने र लिने व्यवसाय सञ्चालन भइरहेको थियो,’ उनले भने, ‘यसलाई नै हामीले डिजिटल माध्यमबाट अनलाइनमार्फत दिएका हौँ ।’
भविष्यको खोजीमा प्रत्येक दिन हजारौं युवाले देश छाडिरहेको समयमा सजिलो रेन्टललाई सफलताको उचाईमा पुर्याउने बाटोमा फुयाँल छन् । ‘नेपालमा केही अवसर छैन् भन्नेहरूको भिडमा सम्भावना छ भनेर देखाउन पाएको छु,’ उनले भने, ‘यस्तो अवस्थामा इच्छाशक्ति बलियो भयो भने नेपालमा पनि सम्भावना रहेको दामोदरको बिचार छ ।’ यद्यपि विकसित देशको सूचीमा रहेका जापान र अमेरिकामा जस्तो नेपालमा उज्ज्वल भविष्यको सम्भावना न्यून रहेकामा फुयाँल सचेत छन् । ।
तर नेपालमा पनि केही गर्छु भन्ने सोच भएमा केही गर्न सकिनेमा उनी विश्वस्त छन् । नेपालमा समस्या औँलाउदै उनी भन्छन्, ‘कसैले लगानी गर्ने सोच राख्छ नेपालमा लगानीको अभाव छ । व्यवसायको लागि बैंकिङ्ग लगानी ल्याउन पनि समस्या नै छ ।’ यस्तै नेपालको काम गर्ने प्रक्रिया समेत झन्झटिलो हुँदा योजनाअनुरुपको गति पकड्न मुस्किल छ । ‘नागरिकले देशमा नै लगानी गरेर केही गर्छु भन्दा राज्यले सहजीकरण गर्नुपर्छ,’ फुँयालले भने ।
प्रतिक्रिया