काठमाडौं – लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मागेकाे छ । बाेर्डले दरखास्त आह्वान गर्दै सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ को दफा १२ को उपदफा ५ बमोजिम सीईओ पदमा दरखास्त आह्वान गरेको हो ।
बोर्डको सीईओ बन्न अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
साथै, परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ्ग, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव तोकिएको छ ।
इच्छुक र योग्य उम्मेदवारले १५ दिनभित्र दरखास्त दिनुपर्नेछ । बोर्डका सीईओ सुशील भट्टको चार वर्षे कार्यकाल सकिएसँगै सो पद रिक्त छ ।
प्रतिक्रिया