काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज तोला सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया