काठमाडौं – कुनैपनि काम व्यवस्थित र सफल तरिकाले अघि बढाउनका लागि अनुभव आवश्यक पर्छ। अनुभव बटुल्न इच्छाशक्तिसँगै धैर्यता पनि चाहिन्छ। आफ्नो इच्छाशक्तिलाई अघि बढाउनका लागि कुनैपनि विषयवस्तुप्रतिको रुचि पनि आवश्यक पर्छ। यसरी नै आफ्नो जीवनकालमा विविध विधामा काम गर्दै आफू अनुकल विषयमा अब्बल छु र त्यो क्षेत्रमा लाग्दा आफूलाई कतिकाे उत्तम हुन्छ भन्ने कुरामा स्पष्ट हुन आवश्यक छ।
यस्तै, आफू के कुरामा सहज छु र के कुरालाई कसरी अधि बढाउन सक्छु भन्ने कुरालाई आत्मसाथ गरिरहेका युवामध्ये एक हुन् राजु सुवाल। उनी आफ्नो रुचिको विषयलाई आत्मसाथ गरेर अघि बढिरहेमा कहिले पनि हार नहुने दाबी गर्छन्। सानै उमेरदेखि सङ्घर्षरत रहेर वर्तमानमा आफ्नो व्यवसायलाई सबल रूपमा उभ्याउन सफल बनेका राजु विगत लामो समयबाट फेसन डिजाइनिङमा काम गर्दै आइरहेका युवा हुन्।
राजुको एकेडेमीमा सिलाई बुनाइका काम, नयाँ फेसनका लागि आवश्यक डिजाइनिङको कोर्स, महिला दिदीबहिनीले घरमा बसेर पनि व्यवसाय गर्न सहज हुने कुसन, रुमाल, सिरानी, विभिन्न लुगाहरूमा बुट्टा भर्न सिकाउने लगायतको कामहरू सिकाइन्छ।
अर्थात् देशमा केही सम्भावना छैन भनेर बिदेशिने युवाहरूको लामो लाईनबाट फाल्टो बस्नेहरूको सानो सूचीको एउटा सदस्य हुन राजु। विदेशी भूमिमा पसिना बगाउनुको विकल्प नरहेको सोच्ने अहिलेका नयाँ पुस्तालाई राजु गतिलो जवाफ हुन् भन्दा फरक पर्दैन।‘ अनुभव र चाहनाको अगाडि कुनै विषय असम्भव छैन भन्ने आत्मसाथ बोकेर ‘फिट फेसन डिजाइन एकेडेमी’को सुरुवात गरेको हो,’ उनले भने।
यो एकेडेमी वर्तमान समयको माग र फेसन डिजाइनिङको सीप सिक्न चाहनेको लागि राम्रो माध्यम हो। यसले राजु देश नछाडेर आफ्नो मात्रै चाहना र इच्छा पुरा गरिरहेका छैनन्,अन्य महिला दिदीबहिनीको पनि चाहना र सपना पुरा गर्दछन् भन्ने देखाउँछ। राजुको एकेडेमीमा सिलाई बुनाइका काम, नयाँ फेसनका लागि आवश्यक डिजाइनिङको कोर्स, महिला दिदीबहिनीले घरमा बसेर पनि व्यवसाय गर्न सहज हुने कुसन, रुमाल, सिरानी, विभिन्न लुगाहरूमा बुट्टा भर्न सिकाउने लगायतको कामहरू सिकाइन्छ ।
एकेडेमीमा सयभन्दा बढी सख्यामा महिला दिदी बहिनीहरूले सीप सिकेर आफ्नो उद्यम सुरुवात गरिसकेका छन्। राजुले देश नछाडेर यही केही गर्छु भन्ने अठोट लिँदा नै यो सम्भव भएको हो। ‘कुनै पनि काम गर्न अनुभव र दक्षता चाहिएजस्तै यी विषयमा आफूलाई गहन ज्ञान भएकाले यो क्षेत्र रोजेको हो,’ उनी भन्छन्, ‘मैले आफ्नो इच्छा र चाहना मात्रै होइन, अन्य महिला दिदि बहिनीहरुको चाहना पुरा गर्न पनि सघाइरहेको छु ।’
एकेडेमीका माध्यमबाट सयौँलाई सीप सिकाइसकेका सुवालले थप महिलाहरूलाई पनि सीप सिकाइरहेका छन्। सीप सिकेपछि ती महिला दिदि बहिनीहरुले आफ्नै पेसा व्यवसाय सुरु गरेका छन्। धेरै जनालाई आफ्नै खुट्टामा उभिन सिकाउन पाएकाेमा खुसी ठान्छन् आफूलाई सुवाल। ‘खुसी भनेको नै अरूलाई काम सिकाउनु हो। धेरै जनाले हामीसँग सिकेर आफ्नो काम सुरुवात गरेका छन्। मलाई यही नै मेरो सफलता हो जस्तो लाग्छ,’ सुवालले भने।
फेसन डिजाइनिङमा आफ्नो रुचीबारे अरूलाई सुनाउँदा धेरैले गिज्याएको सम्झन्छन् सुवाल। पुराना दिन सम्झँदै उनले भने, ‘आफ्नो इच्छाबारे सुनाउँदा सबै जनाको प्रश्न दर्जी बन्ने हो र ? भन्ने थियो।’ अहिलेको परिवेशमा सबैको सोचाई परिवर्तन भएर फेसन डिजाइनिङ्ग, सिलाइ–बुनाई पनि व्यवसायीक पेसा हो । नेपालमा व्यापार व्यवसाय गर्ने, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नेलाई राज्यबाट सहयोग नभएको खण्डमा धेरै युवाहरू बिदेसिनु परिरहेको छ। स्वदेशमा केही सम्भव छैन भनी निराशा छाइरहेको अवस्थामा केही सम्भावनाको वृक्षारोपण भइरहेको देख्न सकिन्छ ।
उनका अनुसार युवाहरूले कागजी सर्टिफिकेट र पढाइलाई मात्र नभएर केही सीपहरूमा पनि फोकस गर्ने हो भने कुनैपनि निकायलाई दोषी ठहराउनै पर्दैन।
नेपालमा आर्थिक अवसर नभएको र बिदेसिनु बाध्यता रहेको उनको भनाइ छ । ‘नेपालमा पनि धेरै अवसरहरू छन्। केही गरौँ भन्ने जोस पनि सबैमा छ। धेरै युवाहरूले नेपालमा पनि थालनी गरिरहेका छन् , त्यहीमध्ये म पनि एक पर्छु र सबैलाई नेपालमा कोसिस गरौँ एकचोटि भन्न चाहन्छु।’ ‘कुनै पनि व्यवसाय पढाएर वा पढेर गर्ने काम होइन, व्यवसाय बुझेर सिकेर र परिस्थिति हेरेर गर्ने काम हो,’ उनले भने, ‘विशेष त हार नखाने किसिमको विश्वास भयो भने हरेक व्यवसाय गर्न सम्भव हुन्छ।’
उनका अनुसार युवाहरूले कागजी सर्टिफिकेट र पढाइलाई मात्र नभएर केही सीपहरूमा पनि फोकस गर्ने हो भने कुनैपनि निकायलाई दोषी ठहराउनै पर्दैन। भने, ‘पढाइसँगै हरेक व्यक्तिसँग सीप हुनु पनि आवश्यक छ र सबैले रुचि भएको कुरामा चासो देखाएर काम गरियो भने अवश्य पनि सफल भइन्छ।’ राजु नेपालमा अवसरको खानी भएको र यसलाई लयमा ल्याउने नल्याउने युवाहरूकै भूमिका भएको बताउँछन् र भन्छन्, ‘सफलता मिहिनेतको प्रतिफल हो ।’
प्रतिक्रिया