अमेरिकी दूतावासलाई लेखेको पत्रका कारण विवादमा उपसभामुख राना 

अमेरिकी दूतावासलाई लेखेको पत्रका कारण विवादमा उपसभामुख राना 


काठमाडौं – उपसभामुख इन्दिरा राना १७ महिना अगाडि लेखेको एउटा पत्रका कारण यति बेला विवादमा तानिएकी छिन्। उपसभामुख रानाले आफ्नो पदीय मर्यादा बिर्सेर अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएसँगै उनी विवादमा तानिएकी हुन्। 

पत्र मार्फत् उनले विभागलाई आफूसहित पाँच जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन आग्रह गरेकी छन् ।दूतावासका कन्सुलर जनरललाई सम्बोधन गर्दै सन् २०२३ को फेब्रुअरी २६ मा लेखिएको पत्रमा उपसभामुखको लेटर हेड, छाप र हस्ताक्षर रहेको छ। 

उपसभामुख जस्तो राज्यको उच्च ओहदामा रहेको रहेर आफैँले पत्र लेखेका कारण उनी विवादमा तानिएका हुन्। भिसाको पहल परराष्ट्र मन्त्रालयमार्फत हुन्छ। उपसभामुखले भने आफैँ पत्र लेखेसँगै उनीमाथि प्रश्न चिन्ह खडा भएको हो। उच्चपदस्थ व्यक्तिहरूले विदेश यात्रा गर्नुपर्दा सरकारी संयन्त्रहरूले नै सबै प्रक्रियाहरू मिलाउने गर्छन्।