‘बीमाको क्षेत्र फराकिलो छ तर अझै साक्षरता बढाउन जरुरी छ’

‘बीमाको क्षेत्र फराकिलो छ तर अझै साक्षरता बढाउन जरुरी छ’


काठमाडाैं – मानिसहरू सधैँ जोखिम र त्यसबाट उत्पन्न हुने चुनौतीहरूको सामना गरिरहेका हुन्छन्। जीवनमा आइपर्ने जोखिम र दुर्घटनाको संरक्षणका लागि बीमा महत्त्वपूर्ण बनिरहेको छ। बीमाले चुनौतीहरूको सामना गर्न र जोखिम क्षति कम गर्न मद्दत पुर्‍याउँछ। पछिल्लो समयमा बीमा क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनका कारण नागरिकहरूको आकर्षण र बीमाप्रति सचेतना बढिरहेको छ। बीमा क्षेत्रलाई विश्वसनीय र नागरिकको रोजाइमा पार्न काम गरिरहेका व्यक्तिहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । यस्तै उदाहरण हुन् नेपाल लाइफ इन्स्योरेन्स सिन्धुपाल्चोक चौतारा शाखाका एजेन्सी म्यानेजर बसन्त श्रेष्ठ। बसन्तले बीमा बजारमा सात वर्ष बिताइसकेका छन् र उनी भन्छन्, ‘बीमा क्षेत्रले मलाई कमाइको हिसाबमा र इज्जतको हिसाबमा पनि सन्तुष्टि प्रदान गरेको छ।’

‘पैसा कमाउनको लागि विदेश जानु पर्दैन, बीमा पेसामा अवसरहरु सिर्जना हुँदै गएका छन्’, बसन्त भन्छन्। बीमा भविष्यको लागि सुरक्षा हो र निर्धक्क हुन सकिन्छ ।

उनी बीमा क्षेत्रमा सफलताका लागि साहस र लगनशीलतालाई आधारभूत तत्त्व मान्छन्। विगत चार वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा एजेन्सी म्यानेजरको रूपमा कार्यरत वसन्तले अप्ठ्यारा परिस्थितिको सामना गरे पनि  बीमा क्षेत्रलाई छोडेनन्।
सुरुवाती चरणमा बीमा गराउन र व्यवसाय ल्याउन कठिन भए पनि अहिले त्यस्तो कठिनाइ नरहेको अनुभव उनकाे अनुभव छ। एक एजेन्सी म्यानेजरको रूपमा टार्गेट पूरा गर्न सक्ने क्षमता आवश्यक छ भन्ने उनको धारणा छ। बीमा क्षेत्रमा काम गर्दा समाजसेवीको रूपमा पनि भूमिका निर्वाह गर्नुपर्ने उनको विश्वास छ।

बसन्त ग्राहकलाई बीमाको बारेमा बुझाउन सकेमा बीमा गराउन सजिलो हुने बताउँछन्। ‘मानिसमा बीमा सम्बन्धी बुझाइमा परिवर्तन आएको देखिन्छ, तर बीमाको पहुँचमा भने अझै पनि भनेजस्तो प्रतिफल देखिएको छैन। बीमा सरेण्डर केस बढ्ने, बीमाको पहुँचमा कमी आउने समस्याहरु देखिन्छन्। यस्ता समस्यामा अभिकर्ताहरुको भूमिका महत्त्वपूर्ण हुन्छ।’ उनले भने ।

बसन्त बीमा गराउने समयमा सजग भएर काम गर्ने बताउँछन् । ‘हामीले एजेन्टको रूपमा बीमा गराइसकेपछि बीमाको हरेक कुरा बुझाएर मात्र गराउनु आवश्यक छ। बीमा गराइसकेपछि बीमितलाई प्रिमियमको लागि सम्झाइ दिनुपर्छ। यसो गर्दा बीमालेख समर्पण गर्ने सँख्या पनि घट्दै जान्छ।’

विगत चार वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा एजेन्सी म्यानेजरको रूपमा कार्यरत बसन्तले अप्ठ्यारा परिस्थितिको सामना गरे पनि  बीमा क्षेत्रलाई छोडेनन्। सुरुवाती चरणमा बीमा गराउन र व्यवसाय ल्याउन कठिन भए पनि अहिले त्यस्तो कठिनाइ नरहेको अनुभव उनले सँगालेका छन्।

उनकाअनुसार युवाहरुको लागि बीमा क्षेत्र राम्रो बन्दै गएको छ। ‘पैसा कमाउनको लागि विदेश जानु पर्दैन, बीमा पेसामा अवसरहरु सिर्जना हुँदै गएका छन्’, बसन्त भन्छन्। बीमा भविष्यको लागि सुरक्षा हो र निर्धक्क हुन सकिन्छ। ‘आफू हुँदा आफूलाई र आफू नहुँदा परिवारलाई सहायता हुने, केही भएमा बीमाले सहयोग गर्ने, जीवनमा पैसाको बचत पनि हुने,’ उनी भन्छन् ।

उनी  बीमा बचत, लगानी र सुरक्षा पनि हो भनेर बुझ्छन्। बीमा क्षेत्रमा काम गरिरहेको कारण घर, समाज र साथीभाईबाट हेर्ने नजर परिवर्तन भएको छ। श्रेष्ठले भने ‘मैले बीमा क्षेत्रमा नै आफ्नो भविष्य देखेको छु। देशको वित्तीय क्षेत्रमा काम गरि सेवा प्रदान गर्न पाउँदा गर्व गरेको छु ।’जीवन बीमाको एजेन्सी म्यानेजरसम्मको पदमा पुगिसकेका बसन्त ग्राहकसँग कुरा गर्दा सबैभन्दा महत्त्वपूर्ण जीवन बीमालाई प्राथमिकता नदिएको पाउँदा भने नराम्रो लाग्ने बताउँछन्। तर पछिल्लो समय   पछिल्लो समय बीमा प्रति जनचेतना बिस्तारै बढ्दै गएको उनले महशुस गरेका छन्।  

पछिल्लो समय बीमा प्रति जनचेतना बिस्तारै बढ्दै गएको उनले महशुस गरेका छन् ।  

नेपाल लाइफ इन्स्योरेन्स व्यवसाय र नाम दुबैमा प्रख्यात छ। बसन्त भन्छन्, ‘हाम्रो संस्थाले नयाँ जीवन बीमा गराउन योग्य नागरिकहरूलाई जीवन बीमा योजनाहरूको बिक्री वितरण, दाबी भुक्तानीमा अब्बल, जीवन बीमा शिक्षा तथा जनचेतना प्रदान गर्ने, अधिकतम जनस्तरमा जीवन बीमाको सेवा विस्तार गर्ने काम गरिरहेको छ।’ जीवन बीमा सम्बन्धी सूचना, जानकारीहरू जनमानसमा दिँदै सचेतना जगाउँदै नेपाल लाइफ व्यवसायिक बाटो र पेसागत धर्म निर्वाह गर्दै निरन्तर अघि बढिरहेको बसन्त बताउँछन्।