दुःखको साथी सुःखको सहयात्री : लघुवित्त संस्था

दुःखको साथी सुःखको सहयात्री : लघुवित्त संस्था


काठमाडौं– लघुवित्त संस्था भन्ने बितिकै ग्रामिण भेगका मानिसले सम्झिन्छन् कि लघुवित्त दुःखको साथी । ग्रामीण भेगका मानिसको जीवनशैली माथि उकास्न लघुवित्त संस्थाहरुले ठुलो भुमिका निर्वाह गरेका छन् । संस्थाले बोल्नै नजान्नेलाई बोल्न सिकायो, सिप भएको तर पैसाको कारण केही गर्न नसकिरहेका हरुलाई स्वरोजगार बन्दै उद्यमी बनाएको छ । हालसम्म लघुवित्त संस्थाहरुले २९ लाखभन्दा बढिलाई ऋण नै लगानी गरेको छ भने लगभग २१ लाख मानिसहरुलाई लाई त प्रत्यक्ष रोजगारी दिएको छ । ग्रामीण भेगका मानिसलाई वित्तीय क्षेत्रसँग जोड्दै वित्तीय पहुच वृद्धि गर्न महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ । यसै सन्दर्भमा लघुवित्तको कर्जाको सदुपयोग गर्दै व्यवसायमा सफल भएका उद्यमीसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको रिपोर्ट :

कुनै समय अरुको कामगर्ने सुशिला जो अहिले ७० जनालाई रोजगार दिन्छिन्

मकुवानपुरकी सुशिला गोले केही समयअघि सम्म अरुको फ्याक्ट्रीमा काम गर्ने गर्थिन । उनलाई त्यो समयमा लाग्थ्यो कि म यसरी अरुकोमा काम गर्नुभन्दा आफै केही गरौं । उनीसँग सिप थियो तर पैसा थिएन, को सँग ऋण लिएर व्यवसाय गरौं कसो गरौं खोज्दै थिइन् । त्यो समयमा वाणिज्य बैंकहरुमा पनि कर्जाको कुरा गर्न पुगिन् तर धितो नभएको कारण उनले कर्जा पाइनन् । अहिले पनि त्यो समयलाई सम्झिदै भन्छिन्, ‘बैंकबाट ऋण लिन धितोनै हुनुपर्ने, चिनेको मान्छे हुनुपर्ने र पहुँच चाहिने हुनाले ऋण लिन साह्रै गाह्रो ।’ उनले त्यही समयमा लघुवित्तको सदस्यता लिईन र सजिलै कर्जा पनि लिइन् । त्यही कर्जाले गलैचा बनाउन सुरु गरिन् । हाल ललितपुरमा उनले ९ जनालाई र गाउँतिर करिब ६०/७० जनालाई रोजगारी दिएकी छिन् । गाउँका महिलाहरुको लागि घरघरमा गलैचाको तान लगाईदिएकी छिन् । हाल लघुवित्त क्षेत्रलाई लिएर जस्ता गतिविधी भइरहेका छन् त्यसलाई इंगित गर्दै उनि भन्छिन ‘आफुले जुन शिर्षकमा ऋण लिएको हो त्यहिँमा लगानी गर्दा कुनै पनि समस्या हुदैन’ । उनलाई लघुवित्तको सबैभन्दा मन परेको कुरा हो बिनाधितो सजिलै ऋण पाउनु । लघुवित्तको कर्जा र परिवारको भरोसाले उनिलाई व्यवसायको लागि ठुलो मद्दत मिलेको छ ।

लघुवित्तबाट ५० हजार ऋण लिएर सुरु गरेको व्यवसाय फस्टाएर २५ लाखको भयो
सफल बन्न मेहनतको कुनै विकल्प छैन भनेझैं प्रमिला बुढाथोकिले पनि सुरुदेखि मेहनत गर्न कुनै कसुर बाँकी राखिनन्। जब प्रमिलाले १२ कक्षासम्मको अध्ययन सकिन् । उनलाई के गर्ने भन्ने भएन किन कि उनिसंग पहिलै आफ्नो योजना थियो । पहिलेदेखि नै इच्छा थियो कि आफुले अरुलाई सुन्दर बनाउन सकुँ । त्यही इच्छालाई पछ्याउदै उनले १२ कक्षासम्मको पढाई सकाए पछि ब्युटिसियनको तालिम लिइन् । आफ्नै उद्यम गर्ने सोच बनाएको उनलाई व्यवसाय गर्न कर्जाको आवश्यकता पर्याे । त्यसपछि उनले पहिलोपटक लघुवित्तबाट ५० हजार ऋण लिएर पार्लर सुरु गरिन् । उनले ५० हजारमा सुरु गरेको सो पार्लर हाल करिब २५ लाख भन्दा बढि मूल्य पर्ने भैसकेको छ । उनी अहिले पनि सुःख पाउनको लागि दुःख गर्नेपर्ने बताउँछिन् । उनले हाल २ जनालाई रोजगारी दिएकी छिन् भने धेरैलाई सीप पनि सिकाउँदै आएकी छिन् । पछिल्लो समय लघुवित्त विरुद्धका समाचार ब्यापक भएको भन्दै समाचारमा आएको जस्तो काम लघुवित्तले नगरेको आफ्नो अनुभव रहेको उनी बताउछिन । बरु आफूजस्तै केही गर्छू भन्ने महिलाहरुको लागि लघुवित्त संस्थाले धेरै मद्दत गर्ने गरेको उनले बताइन् ।

३ वटा गाईबाट देवीले सुरु गरेको व्यवसाय महिनामै १५ लाख आम्दानी

काठमाडौंको गोठाटारमा गाई फर्म सञ्चालन गर्दै आएकी देवि विष्ट आफ्नो व्यवसायप्रति निकै सन्तृष्टि छिन् । देविले फर्म सञ्चालन गर्दा जम्मा ३ वटा गाईबाट सुरु गरेकी हुन् । उनको फर्ममा हाल करिब ६५ वटा गाइ छन् ।आफ्नो व्यवसाय यो स्तर सम्म आउनुमा लघुवित्त संस्थाको ठुलो हात रहेको बताउदै उनि भन्छिन ‘लघुवित्तबाट ऋण लिएर फजुल खर्च गर्न हुदैन’ । आफुले संस्थाहरुबाट लिएको ऋण सहि ठाउँमा सदुपयोग गरेको कारणनै आफु सफल हुन सकेको जस्तो उनीलाई लग्दछ परिवारले पनि उतिनै साथ दिएका कारण आज व्यवसाय बृद्ध गर्न सफल भएकी उनले ५ जनालाई रोजगारी पनि दिएकी छिन् । अहिले उनले फर्ममा धेरै काम गर्नुपर्दैन, मार्केटिङको काम उनको छोरा र छोरीले गर्ने गरेकोले पछिल्लो समय आफुलाई केही सहज भएको उनले बताइन् । हाल उनको फर्ममा थोरै मात्र गाईले दुध दिने हुँदा आम्दानी केही घटेको छ तर उनकोमा सबै गाईले दुध दिने समयमा भने मासिक १५र १६ लाख बराबरको आम्दानी हुन्छ । व्यवसाय गर्ने मान्छेले आफ्नो पेशाको सबै काम जान्नुपर्दछ र अरुको भरमा आफुले काम गर्नै छाड्ड भने नहुँने ।

१० हजारबाट सुरु भएको सटिङ सुटिङ

सिन्धुपाल्चोक स्थायी घरभएकी रेवति नेपालीले हाल सटिङ सुटिङको व्यापार गर्छिन । उनले विगत लामो समयदेखि सिलाईको काम सिकेकी थिइन् । उनले आफ्नो सासु र ससुराले १० हजार लगानीमा सञ्चालनमा ल्याएको सटिङ सुटिङलाई विस्तार गर्दै हाल उनको सटिङ सुटिङको कारोबार ८०र९० लाख बराबर पुगेको छ । उनी लामो समयदेखि लघुवित्त संस्थामा पनि आवद्ध भएकी छिन् । उनले लघुवित्तले सहयोग गरेको कारण यो ठाउँसम्म पुगेको बताइन् ।

स्टलमा पानीपुरी बेचेर व्यवसायीक बनेकी रिता

२०७२ मा आएको विनाशकारी भुकम्पले रिता कुइकेलको घर ढल्यो । उनले त्यसपछि जडिबुटिको नरेफाँटमा सडक छेउमा एउटा ठेलामा चटपटे, पानीपुरी र मःम बेच्न सुरु गरिन् । २ वर्ष त्यो काम गरेपछि १८ लाख लगानीमा एउटा डिपार्टमेन्ट स्टोर सञ्चालन गरिन् । उनको हाल ८०/९० लाखको सम्पत्ति जम्मा भइसकेको छ । उनले यो बिचमा नै लघुवित्त क्षेत्र प्रवेश गरेकी हुन् । उनले लघुवित्तबाट ५० हजारबाट सुरु गरेकी थिइन् । उनले हाल सम्म लगातार लघुवित्तसँग कारोबार गर्दै जाँदा ब्यत्तिल सहकारी भन्दा सस्तो ब्याज लघुवित्तको भएको अनुभव गरेकी छिन् । उनले अहिलेको यो समयमा १५ प्रतिशत व्याजदरमा कर्जा चलाउन पाउनु निकै ठुलो कुरा रहेको बताएकी छिन् । आफु महिला भएर काम गर्दै गर्दा निकै चुनौति रहेको भन्दै अनेकन चुनौतिको सामना गर्दै आफु आजको स्थिति सम्म आइपुगेको बताउदै घर भित्रै मात्रै सिमित नहुँन सबै महिलालाई आग्रह समेत गर्ने गर्छिन ।