काठमाडौं– हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले १५औं र १६औं वार्षिक साधारण सभा बोलाएको छ। चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते साधारण सभा आव्हान गरेको हो।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन। सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्नुका साथै चाल आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १८ गते बुक क्लोज गर्ने जनाएको छ।
प्रतिक्रिया