पुँजी बजार विस्तारका लागि अर्थमन्त्रालयले माग्याे सुझाव

पुँजी बजार विस्तारका लागि अर्थमन्त्रालयले माग्याे सुझाव


काठमाडौं– अर्थमन्त्रालयले पूँजीबजारको थप विकास र विस्तारका लागि चासो देखाएको छ । मन्त्रालयले पुँजी बजारमा देखिएको समस्या समाधान एवम् बजारको थप विकास र विस्तारका लागि आवश्यक कामहरूको लागि सुझाव मागेकाे हाे।

मन्त्रालयले पुँजी बजारसँग सम्बन्धित महत्त्वपूर्ण तीन निकायहरू नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र पठाएर सुझाव माग गरेको हो।