राष्ट्र बैंकको ७ बुँदे निर्देशन : २० प्रतिशत कर्मचारीदेखि विद्युतीय कारोबारसम्म

राष्ट्र बैंकको ७ बुँदे निर्देशन : २० प्रतिशत कर्मचारीदेखि विद्युतीय कारोबारसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।

नेपाल राष्ट्र बैंकले कोभिड १९ को दोस्रो लहरविरुद्ध सावधानी अपनाउँदै वित्तीय सेवा प्रवाहका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई ७ बुँदे निर्देशन जारी गरेको छ । आइतबार जारी गरिएको निर्देशनमा निर्धारित स्वास्थ्य मापदण्डहरुको पालनादेखि यथासम्भव विद्युतीय कारोबारमा जोड, न्यूनतम संख्यामा शाखा सञ्चालन, एकचौथाइ कर्मचारीको उपस्थितिमा सेवा प्रवाहलगायत पक्षलाई जोड दिइएको छ ।

‘केन्द्रीय कार्यालयमा बढीमा २० प्रतिशत र शाखा कार्यालयमा बढीमा २५ प्रतिशत मात्र कर्मचारी खटाउनू’
राष्ट्रले यथाशक्य न्यून संख्यामा कर्मचारीलाई कार्यालयमा खटाई सुरक्षित सेवा प्रवाह गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले निषेधाज्ञा जारी भएका स्थानमा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारीको उपस्थितिमा सेवा प्रवाह गर्न निर्देशन दिएको छ । त्यस्तै, शाखा कार्यालयको हकमा भने बढीमा २५ प्रतिशत कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशन छ । कर्मचारीलाई सम्भव भएसम्म घरै बसेर काममा लगाउन (वर्क फ्रम होम) केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

‘कम शाखा सञ्चालन गरी वैकल्पिक शाखाबाट सेवा दिनू’
राष्ट्र बैंकले नजिकै शाखाहरु रहेको अवस्थामा न्यूनतम संख्यामा शाखाहरु सञ्चालनमा ल्याई वैकल्पिक शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्न बैंकवित्तलाई निर्देशन दिएको छ । यसक्रममा बन्द गरिने शाखा कार्यालयबारे सेवाग्राहीका लागि आवश्यक सम्पूर्ण सूचना कार्यालयको मूल ढोका, वेबसाइट तथा सामाजिक सञ्जालमा सम्पर्क व्यक्तिको फोन नम्बरसहित सूचना प्रवाह गर्नसमेत राष्ट्र बैंकले निर्देशन गरेको छ ।

‘सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा दिनू’
राष्ट्र बैंकले संक्रमण जोखिमलाई ध्यान दिई सम्भव भएसम्म सेवाग्राहीलाई फेस टु फेस सेवाभन्दा विद्युतीय सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

‘विद्युतीय कारोबारको सम्भावित जोखिमप्रति चनाखो हुनू’
राष्ट्र बैंकले महामारीको समयमा सूचना प्रविधिको अत्यधिक प्रयोग गरी अधिकांश बैंकिङ कारोबार विद्युतीय माध्यमबाट गर्नुपर्ने भएकाले यसबाट उत्पन्न हुन सक्ने जोखप्रति जनाखो रहन बैंकवित्तलाई सजग गराएको छ । विद्युतीय कारोबारमा प्रविधिको दुरुपयोग हुन सक्नेतर्फ सजग गराउँदै केन्द्रीय बैंकले जोखिम व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

‘निषेधाज्ञा जारी गर्ने स्थानीय निकायसित समन्वय गर्नू’
राष्ट्र बैंकले विभिन्न स्थानीय निकायबाट जारी भएका र भविष्यमा हुने निषेधात्मक आदेशको पालना गर्न बैंकवित्तलाई भनेको छ । त्यसका निम्ति त्यस्ता निकायसित समन्वय गरी सेवा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन छ ।

\"\"