छिमेक लघुवित्तको सीईओमा दिपक निधी तिवारी नियुक्त


काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपक निधी तिवारी नियुक्त भएका छन् । संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई सीईओमा नियुक्त गरेको हो ।

तिवारीलाई आज (माघ ११) बाट लागू हुनेगरी सीईओ पदमा नियुक्त गरिएको कम्पनीले उल्लेख गरेको छ।