खराब कर्जा बढ्दा कमजोर बन्दै विकास बैंकहरु, १८ प्रतिशतसम्म कर्जा खराब, अझै बढ्ने संकेत

खराब कर्जा बढ्दा कमजोर बन्दै विकास बैंकहरु, १८ प्रतिशतसम्म कर्जा खराब, अझै बढ्ने संकेत

कुनमा कति प्रतिशत कर्जा खराब छ ? (सूचिसहित)


बैंकिङ्ग समाचार, काठमाडौँ ।

खराब कर्जा बढेकै कारण विकास बैकहरु थप कमजोर बन्दै गएको देखिएको छ । अर्थतन्त्रमा देखिएको शिथिलतका कारण तत्काल बैंकहरुको खराब कर्जा उठ्न संभावना नरहेकोले पनि विकास बैंकहरु आगामी समय थप कमजोर हुन सक्ने र खराब कर्जा अझै बढ्न सक्ने देखिएको हो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा विकास बैंकहरुले पाँच खर्ब छ अर्ब रुपैंयाँको हाराहारीमा निक्षेप संकलन गरी चार खर्ब ३४ अर्ब रुपैंयाँको हाराहारीमा कर्जा प्रवाह गर्दा औषतमा दुई दशमलव ४९ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने विकास बैंकहरुले पाँच खर्ब रुपैंयाँको हाराहारीमा निक्षेप संकलन गरी चार खर्ब ५० अर्ब रुपैंयाँको हाराहारीमा कर्जा प्रवाह गर्दा औषतमा एक दशमलव ३६ प्रतिशत कर्जा खराब देखिएको थियो ।

विकास बैकहरुले स्वंमले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार पनि सबै विकास बैकहरुमा खराब कर्जाको मात्रा बढेर एक दशमलव ४९ देखि १८ दशमलव ५० प्रतिशतसम्म पुगेको छ । राष्ट्रियस्तरका विकास बैंकहरु भन्दा पनि पछिल्लो समय क्षेत्रियस्तरका विकास बैकहरुमा खराब कर्जा निकै नैं उच्च देखिएको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार क्षेत्रियस्तरका सप्तकोशी, नारायणी, एक्सेल, कर्पोरेट, कर्णाली, ग्रीन र सिन्धु विकासबैंकमा खराब कर्जा निकै उच्च देखिएको छ । यि बैंकहरुमा चालु आवको पहिलो त्रैमासमा क्रमशः १८ दशमलव ५०, १७ दशमलव ८१, सात दशमलव ५७, चार दशमलव ८७, चार दशमलव ७४, चार दशमलव ५५ र चार दशमलव २६ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः १४ दशमलव १९, चार दशमलव ६७, चार दशमलव ४८, चार दशमलव ६९, तीन दशमलव १२, चार दशमलव ४८ र एक दशमलव ३० प्रतिशत रहेको थियो ।

राष्ट्रियस्तरका महालक्ष्मी, ज्योति, कामना सेवा, लुम्बिनी र साँग्रिला डेभलपमेन्टमा भने चालु आवको पहिलो त्रैमासमा क्रमशः तीन दशमलव ९७, तीन दशमलव ७५, तीन दशमलव ४८, तीन दशमलव ४७ र तीन दशमलव २८ प्रतिशत कर्जा खराब रहेको छ । गत आवको सोही अवधिमा यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव ४६, दुई दशमलव ५०, तीन दशमलव ४०, तीन दशमलव २० र दुई दशमलव ३७ प्रतिशत रहेको थियो ।

चालु आवको पहिलो त्रैमासिक अवधिमा मितेरी, गरिमा र शाईन रेसुंगा डेभलपमेन्ट बैंकमा भने क्रमशः दुई दशमलव ८२, दुई दशमलव ६८ र दुई दशमलव ५९ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यि बैंकहरुमा क्रमशः एक दशमलव ६०, एक दशमलव ७१ र एक दशमलव शुन्य नौं प्रतिशत कर्जा खराब रहेको थियो । मुक्तिनाथ विकास बैंकमा भने पछिल्लो अवधिमा एक दशमलव ४९ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा मुक्तिनाथमा यस्तो कर्जाको अनुपात शुन्य दशमलव ७७ प्रतिशत मात्र रहेको थियो ।

चालु आवको पहिलो त्रैमासमा बिकास बैंकहरुमा रहेको खराब कर्जा (प्रतिशतमा)

बिकास बैंकको नामआर्थिक वर्ष २०८०/०८१आर्थिक वर्ष २०७९/०८०
सप्तकोशी डेभलपमेन्ट बैंक१८.५० १४.१९
नारायणी डेभलपमेन्ट बैंक १७.८१ ४.६७
एक्सेल डेभलपमेन्ट बैंक ७.५७ ४.४८
कर्पोरेट डेभलपमेन्ट बैंक ४.८७ ४.६९
कर्णाली डेभलपमेन्ट बैंक ४.७४ ३.१२
ग्रीन डेपलपमेन्ट बैंक ४.५५ ४.४८
सिन्धु बिकास बैंक ४.२६ १.३०
महालक्ष्मी बिकास बैंक ३.९७ ३.४६
ज्योति बिकास बैंक ३.७५ २.५०
कामना सेवा बिकास बैंक ३.४८ ३.४०
लुम्बिनी बिकास बैंक ३.४७ ३.२०
साँग्रिला डेभलपमेन्ट बैंक ३.२८ २.३७
मितेरी डेभलपमेन्ट बैंक २.८२ १.६०
गरिमा बिकास बैंक २.६८ १.७१
शाईन रेसुंगा डेभलपमेन्ट बैंक २.५९ १.०९
मुक्तिनाथ बिकास बैंक १.४९ ०.७७