कसरी सम्भव भयो फोनपेको क्रसबोर्डर भुक्तानी सम्झौता ?

कसरी सम्भव भयो फोनपेको क्रसबोर्डर भुक्तानी सम्झौता ?


बैंकिङ्ग समाचार, काठमाडौं ।

ग्लोबल कम्युनिटी मै फिनटेक फेस्टको प्रभाव परेको फोनपेका प्रमुख कार्यकारी अधिकुत दिवस कुमार सापकोटाले बताएका छन् । जनसंख्याको हिसाबमा नेपाल सानो भएपनि प्रविधिमा अगाडि पुग्न क्रसबोर्डर ट्रान्जेक्सन सुचारु गर्नुपर्ने उनको भनाई छ । सापकोटा भन्छन् ‘क्युआरको हकमा चाहिँ हामीले हेर्दा जहिले पनि भारत चाइनालाई हेर्छौ । त्यहाको जनसंख्या हामीभन्दा कति गुणा बढी छ । सो त्यो हिसाबले हामीले तुलना गर्यौ भने त हामी एकदम सानो छौं । तर हाम्रो इच्छा चाइनामा चलोस भन्ने हो ।  किनभने त्यहाँ हाम्रो आवतजावत पनि धेरै हुन्छ । यसकारण पनि हामीले क्रसबोर्डर ट्रान्जेक्सन सुचारु गर्नुपर्छ भनेर भिसासँग त सहमति गर्यौं । त्यसपछि चाइनाको चाइनिज युनियन पे सँग सहमति गर्यौ । र त्यतिबेला नै हामीले भारतको एनपिसिआइसित क्रसबोर्डर भुत्तानीको कुराहरू सुरु गर्यौ ।’

सापकोटाले आफुहरुले लामो समयदेखि विभिन्न योजनाहरु बनाएर मात्रै फिनटेक फेस्टमा जान तयार भएको पनि बताएका छन् । ‘दुइवटा देश भनेपछि भारत ठूलो देश त्यसमा पनि एनपिसिआई अझ ठूलो कम्पनी र हामीले २०२२ तिर सहमति गयौं । त्यसपछि हामी लगातार नै उहाँहरुसंग काम गर्दैछौ । टेक्निकल इन्टिग्रेसन मार्केटिङ कसरी गर्ने योजना कसरी बनाउने यसै गरेर क्रस बोर्डर लगायतका विभिन्न कुराहरूको व्यवस्थापन कसरी गर्ने भन्ने हरेक कुरा गर्दा गर्दै आजको दिनमा हामीले यो ग्लोबल फिनटेक फेस्टमा त्यो कारोबारलाई तयार भयौं । ’ उनले भनेका छन् ।

योजना त अगाडि कै भए पनि विभिन्न कारणले रोकिएको ‘फिनटेक फेस्ट’को कुरा आएपछी  घोषणा गरेको उनले बताए । ‘हामी तीन वर्षदेखि काम गरिरहेकै थियौं। हाम्रो योजना अलि अगाडि कै थियो त्यो कारणबस सकिएन र अब के इभेन्ट के छ त इभेन्ट भयो भने अझ प्रभावकारी हुन्छ भन्ने थियो त्यसपछि ग्लोबल फिनटेक फेस्टको कुरा आयो र हामीले त्यहाँ स्टेज पायौं  ।’ उनले भने । 
उनले फिनटेक फेस्टले फोन पे लाई मात्र नभएर नेपाल प्रविधीमा कसरी अगाडि बढीरहेको छ भन्ने म्यासेज अरु मूलुकमा पनि पुर्याउने उनको भनाई छ  । 

‘ग्लोबल फिनटेक फेस्टले फोन पे लाई मात्र होइन नेपालले कसरी काम गरिराखेको छ, नेपाल फिनटेकमा कति अगाडी बढेको छ । नेपालको फिनटेक एरिना कस्तो भैराखेको छ भन्ने म्यासेज नेपाल र भारतलाई मात्रै  होइन त्यो म्यासेज अरु देशहरूलाई पनि जान्छ । हाम्रो छिमेकी देशभन्दा नेपाल कति अगाडि बढिराखेको छ जहिले  पनि चाइना र भारतको कुरा गरेर मात्रै भएन नेपाल सानो देश हो जनसंख्याले क्षेत्रफलको हिसाबले तर पनि फिनटेकमा पनि ग्लोबल एरिनामा नेपाल के काम गर्न सक्छ भन्ने म्यासेज दिन हामीले यो चाहिँ सहि ठाउँ हो । यसमा हामीले जसरी पनि गर्नपर्छ भन्ने लाइनबाट नै हामीले गरिराको हो । हामी स्पिकरको रुपमा गएर एनाउन्स गरेको मात्रै होइन योजनाबद्ध तरिकाले नै गएको हो ।’ उनले भने ।

 नेपाली नागरिकले भारत र भारतिय नागरिकले नेपालमा मोबाइलबाटै कारोबार गर्न सहज बनाएको पनि बताए । उनले भने, ‘कार्डहरुलाई अर्को साधन बनाउ अहिले मोबाइल बैंकिङ र खाताबाट सोझै भारतमा पेमेन्ट गर्न पाउछु भनेपछि त यो राम्रो हो । नेपालमा मोबाइलबाट पेमेन्ट गर्न जति सजिलो छ त्यति नै भारतमा पनि हुने भयो यसले सबैलाई सजिलो हुन्छ । यस्तै भारतीय नागरिकले पनि नेपालमा मोबाइलबाट सिधै कारोबार गर्न सक्छन्  ।’

सरकारको  काम आधार बनाउनु र नियमन गर्नु राष्ट्र बैंकको काम रहेको सापकोटाको भनाई छ । ̒ राष्ट्र बैंकको नियम भन्दा बाहिर गएर म काम गर्न सक्दिन र कुनै क्षेत्रले गर्न सक्दैन । राष्ट्र बैंकले स्वीकृति दिने क्रममा केही मापदण्ड दिएका थियो यसको अर्थ राष्ट्र बैंकले सबै कुराहरुलाई निहालेको हुन्छ, उनले भने ̒ राष्ट्र  बैंकले एउटा नियम बनाउने हो स्ट्यान्र्र्डडमा बस्ने हो । त्यो स्ट्यान्डर्ड सबैमा लागू हुन्छ । फोन पे , एनसिचि या अन्य कुनै पनि कम्पनी ले राष्ट्र बैंकको विपरित गएर काम गर्न मिल्दैन’ उनले भने । 

अरु कम्पनीले राष्ट्र बैंकको नियम मानेको छ या छैन भन्ने विषयमा आफू अनविज्ञ भएको उनी बताउँछन। ‘हामीलाई  राष्ट्र बैंकले भनेको मापदण्ड पूरा गर्न तीन वर्ष लाग्यो। पक्षपातको कुरा हो भने दुई वर्ष अगाडि नै सकाइसक्थे होला । यदि हामीले राष्ट्र बैंकले गरेको नियमन पूरा गरेनौ भने बैंकले कम्पनी बन्द गर्न पाउछ’ उनले भने ।  

डिजिटल लेनदेनमा एएमाईको सुरक्षा एकदमै महत्वपुर्ण पक्ष हो । यस विषयमा आफ्नो अनुभव सुनाउदै उनले भने ̒ जब हामी भारतमा थियौ एक्सेस बैंकलाई भेट्ने क्रममा उहाँहरुको  पहिलो प्रश्न नै एएमाईको सुरक्षा कसरी गर्ने भन्ने थियो । हामीले त्यो पक्षलाई समाधान गर्न पनि र स्टिक होलडरको चिन्ता समाधान नगरि कुनै व्यवसाय नचल्ने उनले बताए । 

भारतका बैंकहरुबाट धेरै कुराहरु सिकिएको र साही स्तर बनाएर आजको दिनमा एमपिसिचिआई पनि गर्न सक्छौ । सजिलै सफल हुन नसके पनि  भनेर  यो धोषणा गरेको उनले प्रस्ट गराए । 
सबै प्रविधि तयार भैसकेको तर केही सीमाहरु, एएमाईको सुरक्षा, केही सर्तहरु केही अवस्था र सबै बैंकहरु जोडिन समय लाग्ने तर दुई हप्ता भित्र कुनै बैंकलाई लिएर नेपालमा भारतमा दुबै देशमा सहभागी जोडेर प्राविधिक रुपमा कारोवार गर्ने तयारी भैरहेको  सापकोटाको भनाई छ । 

बोर्डर भुक्तानी सम्झौताले प्राविधिक क्षेत्रमा मात्र नभएर आर्थिक क्षेत्रलाई सहयोग पुग्ने उनको ठहर छ । ‘हाम्रो प्रोजेक्सन दुई तीन वर्षमा डिजिटल माध्यमबाट हुने कारोवार डबल  गराउनु हो । नेपाल र भारतबीच डिजिटलको कुरा हुन थाल्छ त्यसको सकारात्मक बुझाईले डिजिटल कारोबार नै गर्नुपर्छ भन्ने धारणा सिर्जना गर्छ र सचेतना फैलाउछ उनले भने ।’

नगद भन्दापनि डिजिटल भुक्तानी गरौ भन्ने सुझाव दिदै सापकोटाले फोनपेको विरोध नगद कारोवारसंग रहेको बताए । ‘डिजिटल भुक्तानी अझै पनि कम र नगद कारोवार ९५ प्रतिशत सम्म गरिन्छ । हामीले ९५ प्रतिशत काम गर्न बाकी नै छ’ उनले बताए । डिजिटल भुक्तानी गर्न प्रविधि मात्र हैन विश्वासले पनि रोकेको छ । राष्ट्र बैंक आफै आएर ओटिपि शेयर गर्नु हुदैन भनिरहेकै छ । यी कुरा सबैले मनन गर्नु पर्छ । जसले गर्दा धोका हुदैन । विभिन्न देशमा गएर आफ्नै मोबाइल भुक्तानी गर्न पाउनु जस्तो आनन्द केही नभएको उनको भनाई छ ।