नेपालको इन्स्योरेन्स बजारले रुपान्तरण खोजीरहेको छः सुधुम्न प्रसाद उपाध्याय

नेपालको इन्स्योरेन्स बजारले रुपान्तरण खोजीरहेको छः सुधुम्न प्रसाद उपाध्याय


बैंकिङ्ग समाचार, काठमाडौं ।

सानिमा जिआसी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले इन्स्योरेन्सको बजारले रुपान्तरण खोजेको बताएका छन् ।

बृहत आर्थिक संवाद नेशनल इन्योरेन्स डिस्कोर्स २०२३ को दोस्रो सत्रमा बोल्दै पाण्डेले नक्सा पास गर्दा अनिवार्य बीमा गनुपर्ने बताएका हुन् । 

\"\"

‘हाम्रो इन्स्योरेन्सको बजारले रुपान्तरण खोजीरहेको छ । हामी संक्रमणकालिन अवस्थामा छौं । नियमनकारी निकाय पनि संक्रमणकालिन अवस्थामा छ । इन्स्योरेन्स कम्पनी पनि संक्रमणकालिन अवस्थामै छ । नियमन निकायबाट पनि यो संक्रमणकालिन अवस्थालाई कम गर्नुपर्छ भनेर रुपान्तरणका लागि पोलिसीहरु बनिरहेको छ । हामी पनि त्यो अभिमुखीकरणलाई अवलम्बन गरेर जाँदैछौँ । एक दुइटा वर्ष हामी निकै ठूलो संक्रमणकालिन अवस्थामा भएपनि यो अवस्थालाई कम गर्यौ भने इन्स्योरेन्सको भबिस्य उज्ज्वल छ’ उनले भने । 
इन्स्योरेन्स कम्पनीले सर्वेयरलाई काम गर्ने वातावरण सहज बनाइदिन सहयोग गर्न सकिने तर आफ्नो क्षमता भने सर्वेयर आफैले बढाउनुपर्ने उनको भनाई छ  । 

उनले भनेका छन् , ‘मैले इन्स्योरेन्स कम्पनीको हिसाबले के दिन सक्छु भने काम गर्ने वातावरणमा उहाँहरुलाई समस्या नपरोस । इन्स्योरेन्स पोलिसीको अवस्थामा काम गर्नलाई उहाँहरुलाई अभिमुखीकरण गर्ने कुरा मेरो जिम्मेवारीको कुरा भयो, सर्वेयर बाहेक उनीहरुको क्षमता बढाउने काम भनेको नियमन गर्ने निकायको हो । ’ उनले भने, ‘नेपाल बीमा प्राधिकरणले सर्वेयरहरुको अभिमुखीकरणको कार्यहरु, तालिमहरु ल्याइरहन्छ, अहिले त सर्वेयरको अनुमतिपत्र लिनका लागि जाँच दिनुपर्छ भनेपछि यो काम इन्स्योरेन्स कम्पनी भन्दा पनि नियमन गर्ने निकायको हो । उहाँहरुलाई काम गर्ने वातावरण दिने हाम्रो जिम्मेवारी हो । आफ्नो क्षमता त आफैले वृद्धि गर्नुपर्छ । ’ 

\"\"

विकसित मुलुकको इन्स्योरेन्स जस्तै पोलिसी हुनुपर्ने ग्राहकको अपेक्षा रहेको र इन्स्योरेन्स कम्पनीले विभिन्न चुनौतीहरु सामना गरेर ग्राहकहरुको अपेक्षालाई हेर्नुपर्ने पनि उपाध्यायले बताएका छन् । 
‘हामीले निष्कर्षमा बुझ्नुपर्ने कुरा के हो भने हाम्रो विश्वभरीका ग्राहकको अपेक्षा विकसित मुलुकमा भएका इन्स्योरेन्स जस्तो इन्स्योरेन्स चाहियो भन्ने छ भने हाम्रो समाजको अर्का ग्राहक मार्जिनल सोसाइटीमा भएका ग्राहकहरु यी दुईवटा ग्राहकहरुको बीचमा एउटा इन्स्योरेन्स कम्पनीले विभिन्न चुनौतीहरु सामना गरेर दुईवटा ग्राहकको अपेक्षालाई हेर्नुपर्ने हुन्छ ।’

\"\"