घट्यो सार्वजनिक यातायातको भाडा

घट्यो सार्वजनिक यातायातको भाडा


बैंकिङ्ग समाचार,काठमाडौं ।

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । 

स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ ।