सहकारी पीडितहरूले अझै पाएनन् न्याय, अन्तत: सहकारी विभागमा लाग्यो ताला

सहकारी पीडितहरूले अझै पाएनन् न्याय, अन्तत: सहकारी विभागमा लाग्यो ताला


बैंकिङ्ग समाचार, काठमाडौं । 

काठमाडौंको नयाँ बानेश्वरमा सहकारी पीडितहरूले आइतबार प्रदर्शन गरेका छन्। विभिन्न सहकारीबाट ठगिएका बचतकर्तारहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् ।

सहकारी पीडितले आज बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला  समेत लगाएका थिए । उनीहरुले सहकारी मन्त्रीको  फोटोसहितको प्लेकार्ड बोकेर विरोध जनाएका छन् । पिडितहरुले सहकारी रजिष्ट्रारको राजिनामा समेत माग गरेका छन्  । उनीहरुले विरोधमा सहकारी रजिष्ट्रार मुर्दावाद सहकारी पीडित बचतकर्ताहरुको उत्थान गर्न नसके राजिनामा दे भन्दै प्लेकार्डसहित विरोध जनाएका छन् ।  

पीडितहरूले आफ्नो बचतको रकम ठगि गर्ने सहकारी संस्थाका सञ्चालकहरुको फोटो रोखेर विरोध जनाएका छन् । आफूहरूले बचत गरेको लाखौं रकम सहकारीका सञ्चालकले हिनामिना गरेकाले त्यो बचतको रकम फिर्ता पाउनु पर्ने उनीहरुको माग रहेको छ । उनीहरु गत जेठ महिनादेखि नै माइतीघर मण्डलमा धर्ना बस्दै आएका छन् । एक महिना भन्दा बढी समयदेखि उनीहरु न्यायको खोजीमा रहेका छन् । 

उनीहरूले सहकारी पीडित बचतकर्ताको निक्षेप रकम साँवा ब्याजसहित फिर्ता हुनुपर्ने, सहकारीमा बचत गरेको रकमको ग्यारेण्टी हुनुपर्ने, सहकारीलाई नेपाल राष्ट्र बैंकद्धारा अनुगमन नियमन गर्ने व्यवस्था गर्न समेत माग राखेका छन् । 

\"\"\"\"\"\"