राष्ट्रियसभाबाट आर्थिक विधेयक २०८० पारित 

राष्ट्रियसभाबाट आर्थिक विधेयक २०८० पारित 


बैकिङ्ग समाचार,काठमाडौं । 

राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक २०८० पारित गरेको छ

अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस  भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

विधेयकमाथिको दफाबार छलफलमा सांसदहरुले सार्वजनिक ऋण बढ्दै गएको र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपातमा सार्वजनिक ऋणको प्रतिशत बढिरहेकाले त्यस्तो ऋणको उपादेयता र प्रयोगमाथि प्रश्न उठाएका थिए । 
आर्थिक विधेयक राष्ट्रियसभाबाट संशोधनबिना मूल रुपमै पारित भएको छ । 

राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गरे पनि उक्त प्रस्ताव भने अस्वीकृत भएको थियो ।

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने कार्यसूची छ ।