पशुपति क्षेत्र विकास कोषलाई प्रभु बैंकद्दारा हाइड्रोलिक टिपर सहयोग

पशुपति क्षेत्र विकास कोषलाई प्रभु बैंकद्दारा हाइड्रोलिक टिपर सहयोग


बैंकिङ्ग समाचार, काठमाडौं ।

प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई फोहरमैला व्यवस्थापन गर्ने प्रयोजनका लागि टाटा एसको हाइड्रोलिक हपर टिपर गाडी प्रदान गरेको छ । उक्त हाइड्रोलिक हपर टिपर गाडी प्रदान गर्ने कार्यले कोषलाई पशुपति क्षेत्र वरपरको फोहरमैला व्यवस्थापनमा सहयोग पुग्नेछ भन्ने विश्वास लिएको बैंकले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीलाई उक्त गाडीको साँचो हस्तान्तरण गरेका हुन्।

उक्त गाडी दैनिक सञ्चालनका लागि बैंकले एक जना चालकलाई एक वर्षको पारिश्रमिक बापत तीन लाख रकमसमेत उपलब्ध गराउने छ । कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायत कोषका परिषद् सदस्यहरु तथा अन्य पदाधिकारी, बैंकका चिफ मार्केटिङ्गअफिसर मञ्जयराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।