समान पठाइदिने भन्दै १अर्ब बढी ठगी गर्ने ७ जना पक्राउ 

समान पठाइदिने भन्दै १अर्ब बढी ठगी गर्ने ७ जना पक्राउ 


बैंकिङ्ग समाचार,काठमाडौं । 

अर्बभन्दा बढी ठगी गर्ने गिरोहका ७ सदस्यलाई पक्राउ गरिएको छ ।  

प्रहरीले झापाको बिर्तामोड नगरपालिका ५ इन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल घर भएका २५ वर्षीय प्रविण भट्टसमेत अन्य ७ जनालाई पक्राउ गरेको हो 

उदयपुर कटारी नगरपालिका ४ बस्ने महिलालाई सामाजिक सञ्जालमार्फत सामान र अमेरिकी डलर ७० हजार पठाइदिएको छु भन्दै त्यसको करबापतको रकम भनि १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाइ ठगी गरेको खुलेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो ।

उनीहरुले खोलेको संस्थाबाट एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको ठगी गरेको प्रहरीले जनाएको छ ।