आयकरको तेस्रो किस्ता असार महिनाभित्र तिर्न राजस्व विभागको ताकेता

आयकरको तेस्रो किस्ता असार महिनाभित्र तिर्न राजस्व विभागको ताकेता


बैंकिङ्ग समाचार,काठमाडौं । 

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९–८० को आयकरको तेस्रो किस्ताबापतको कर दाखिला गर्न ताकेता गरेको छ । 

विभागले आज एक सूचना प्रकाशित गर्दै कर दाखिला गर्न ताकेता गरेको हो । 

कारोबारको अनुमानित करको विवरणअनुसार तिर्नुपर्ने आर्थिक वर्ष २०७९÷०८० को अनुमानित करको शतप्रतित रकममध्ये तिर्न बाँकी रकम अथवा तेस्रो किस्ता आयकर यहि असार महिनाभित्र तिर्न ताकेता गरेको हो ।

‘आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ९५ बमोजिम कारोबारको अनुमानित करको विवरणअनुसार तिर्नुपर्ने आय वर्ष २०७९÷०८० को अनुमानित करको शतप्रतिशत रकम मध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता आयकर) २०८० असार महिनाभित्र दाखिला गर्नुपर्ने कानूनी व्यवस्था भएकोले सो अनुसार म्यादभित्रै दाखिला गर्नुहुन अनुरोध छ ।’ विभागको सूचनामा भनिएको छ ।