प्रभु बैंकद्धारा पशुपति क्षेत्र विकास कोषलाई १७ लाखको गाडी सहयोग

प्रभु बैंकद्धारा पशुपति क्षेत्र विकास कोषलाई १७ लाखको गाडी सहयोग


बैकिङ्ग समाचार , काठमाडौं । 

प्रभु बैंकले पशुपति क्षेत्र विकास कोषलाई १७ लाखको हाइड्रोलिक गाडी उपलब्ध गराएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले गाडीको चाबी हस्तान्तरण गरेका हुन् ।

औपचारिक कार्यक्रमका बीच निर्देशक शेरचनले आगामी दिनमा पनि मन्त्रालय र पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराइएको गाडी फोहोर उठाउन प्रयोग गरिनेछ ।