दुर्गा प्रसाईंलाई ५ करोड रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिने रमेश गुरुङ पक्राउ

दुर्गा प्रसाईंलाई ५ करोड रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिने रमेश गुरुङ पक्राउ


बैकिङ्ग समाचार,काठमाडौं । 

व्यवसायी दुर्गा प्रसाईंलाई ५ करोड रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिने रमेश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको हो । 

सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार २५–३० करोडबाट बार्गेनिङ थालेका उनले अन्तिममा ५ करोड रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिएका थिए ।