अनलाईन सट्टेबाजीको विज्ञापन गरेको आरोपमा पक्राउ परेका बल्छी ध्रुवेसहितका कलाकारमाथि ६४ करोड विगो दाबी

अनलाईन सट्टेबाजीको विज्ञापन गरेको आरोपमा पक्राउ परेका बल्छी ध्रुवेसहितका कलाकारमाथि ६४ करोड विगो दाबी


बैंकिङ्ग समाचार, काठमाडौं । 

सट्टेबाजी गर्ने वेबसाइट प्रचार गरेको अभियोगमा पक्राउ परेका बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठसहितका कलाकारहरुविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । यो मुद्दामा एक जना भने फरार रहेका छन् ।

वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेबसाइटको प्रचार गरेको आरोपमा उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाइएको छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

उक्त ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना , ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ ।

त्यस्तै विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको सरकारी वकिल कार्यालयले जनाएको छ । त्यस्तै एकीकृत कसुरबापत थप सजाय पनि माग गरिएको छ ।